१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्न आजदेखि शुल्क लाग्ने, कस्ता सवारी साधनले कति तिर्नुपर्छ ?

१५ कात्तिक, काठमाडौं । नागढुंगा सुरूङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज (कात्तिक १५) देखि सडक दस्तुर संकलन सुरू गरिएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी सुरूङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको दरअनुसार दस्तुर तिरेर मात्र आवतजावत गर्नुपर्ने व्यवस्था गरिएको हो।

सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको वर्गीकरणका आधारमा दस्तुर निर्धारण गरिएको छ । सोहीअनुसार काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनका लागि फरक–फरक दर तोकिएको छ । निर्धारित दरअनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, ठूला सवारीसाधनले सुरुङमार्ग प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ ।

सुरुवाती चरणमा सवारीचालकले नगद वा क्यूआर कोडमार्फत दस्तुर भुक्तानी गर्न सक्नेछन् । आगामी दिनमा भने आरएफआईडी कार्ड तथा ट्याग प्रणाली लागू गर्ने तयारी गरिएको आयोजना प्रमुख  इन्जिनियर सौजन्य नेपालले जानकारी दिए । उक्त प्रणाली कार्यान्वयनमा आएपछि सवारीसाधनबाट स्वचालित रूपमा दस्तुर संकलन गर्न सकिनेछ ।

प्रकाशित मिति : November 1, 2026 at 2:18 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/