नेप्सेमा दुई विकास बैंकको ऋणपत्र सूचीकृत
१३ भदाै, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ। नेप्सेमा महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकको ऋणपत्र सूचीकृत भएको हो।
नेप्सेमा महालक्ष्मी बैंकको ‘महालक्ष्मी डिबेन्चर–२०८९’ नामक १ हजार अंकित दरका कुल १० लाख इकाइ ऋणपत्र सूचीकृत भएको छ। यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।
त्यस्तै, नेप्सेमा लुम्बिनी बैंकको ‘एलबीबीएल डिबेन्चर–२०८९’ नामक १ हजार अंकित दरका कुल १० लाख इकाइ ऋणपत्र सूचीकृत भएको छ। यो पनि १० वर्षे अवधिको ऋणपत्र हो। यसमा पनि लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।
प्रकाशित मिति : August 30, 2023 at 12:01 pm









