१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

सांग्रिला डेभलपमेन्ट बैंक २३ औँ वर्षमा प्रवेश

१३ कात्तिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । आज शुक्रबार बैंकले केन्द्रीय कार्यालय बालुवाटारमा आफ्नो २२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेकाे छ। कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको यो गौरवपूर्ण यात्रामा साथ दिने, बैंकका संथापकहरू, सञ्चालक समितिका पदाधिकारीहरू, ग्राहक तथा शेयरधनी महानुभाव, कर्मचारी, नियमनकारी निकाय लगायत सबैलाई धन्यवाद ज्ञापन गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रविन सिजापतीले आगामी दिनमा बैंकले आफ्नो सेवालाई अझ स्मार्ट, आधुनिक र उत्कृष्ट बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे । वार्षिकोत्वसको अवसरमा बैंकले महिलाका लागि निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । जस अनुसार हुम्लाको सिमकोटस्थित डाँडाफया हेल्थपोष्टमा आयोजना गरिने स्वास्थ्य शिविरमा प्रसुती रोग विशेषज्ञद्वारा सेवा उपलब्ध गराइने छ । यसैगरी सिमकोट २ हुम्लाकै श्री रामदेव मा.वि.का १०३ जना विद्यार्थीलाई विद्यालय पोशाक र स्टेशनरी सामग्री उपलब्ध गराइने छ ।

यस्तै, रोल्पाको सुनिलस्मृती गाउँपालिका २ स्थित खुङ्ग्री हेल्थ पोस्टलाई एक एक थान बेबी वार्मर र अटोक्लेभ ड्रम सेट उपलब्ध गराउने घोषणा गरिएको छ । वार्षिकोत्सवको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकमा पाँच र दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति : October 30, 2026 at 5:14 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/