२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

गृहमन्त्री श्रेष्ठलाई बर्खास्त नगरे कांग्रेस सांसद सुनिल शर्माले सरकार ढाल्ने

२६ साउन, काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा। सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बर्खास्त नगरे सरकार ढाल्ने चेतावनी दिएका छन । नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ परेर शुक्बार हिरासतमुक्त भएपछि प्रतिक्रिया दिँदै सांसद शर्माले माओवादीसँगको सत्ता सहकार्य नेपाली कांग्रेसले यथावत राख्न नसक्ने बताए ।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रधानमन्त्री प्रचण्डले तत्काल बर्खास्त नगरे सरकार ढल्ने चेतावनी दिए । उनले जिल्ला अदालत काठमाडौँको आदेश लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट रिहा हुने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्ड र नारायणकाजीले स्टन्टबाजी गरेर कांग्रेसका एकएक नेतालाई धूलोपीठो बनाउने योजना बनाएको दलिल पेश गरे । उनले गृहमन्त्रीलाई आतंककारी भन्दै प्रचण्डले तत्काल हाटाउनुपर्ने बताए ।

शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पिता सरहको मान्छे भएको पनि बताएका छन । उनले ओलीको सहयोगको तारिफ गर्दै ओली आफ्नो पिता सरहको नेता भएको बताए । सांसद शर्माले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिए आफ्नो पूर्वनिर्धारित कार्यक्रम अनुसार अनसन सुरू गर्ने पनि बताए ।

अदालतको आदेशअनुसार सांसद सुनिल शर्माले हिरासत बाहिर बसेर मुद्दा लड्ने सुविधा पाएको भए पनि उनी निर्दोष सावित भएका भने होइनन् । उनीविरूद्धको मुद्दा निरन्तर सक्रिय रूपमै अघि बढ्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार २२:०३