१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सूर्योदय वोमी लघुवित्तको ४४ हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

१० साउन, काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले केही संस्थापक सेयर बिक्रीमा राखेकाे छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ४४ हजार ४६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेकाे हाे । उक्त सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि ३५ दिनभित्र  ललितपुरको महालक्ष्मी–४स्थित संस्थाको कर्पोरेट कार्यालयमा आवेदन दिन सक्नेछन् ।

तोकिएको समयावधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि खरिद आवेदन नपरेको खण्डमा साे अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार ०९:२७