१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

३ वर्षपछि समाज लघुवित्तको सेयर कारोबार फुकुवा

२८ असार, काठमाडाैं । आईपीओ बिक्री गरेकाे करिब ३ वर्षपछि समाज लघुवित्त वित्तीय संस्थाको सेयर धितोपत्र दोस्रो बजारमा काराेबारमा आउने भएको छ। मर्जर प्रयोजनका लागि राेक्का रहेकाे कम्पनिकाे सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज फुकुवा गर्ने निर्णय गरेको छ। योसँगै समाज लघुवित्तको सेयर आउँदो आइतबारबाट काराेबारमा आउने भएको छ।

नेपाल राष्ट्र बैंकले नेप्सेलाई समाज लघुवित्तको आधारभूत सेयरधनीहरुको बाहेक अन्य सेयर कारोबार खोलिदिन पत्र लेखेको थियो। सोही पत्रबमोजिम नेप्सेले समाज लघुवित्तको सेयर कारोबार फुकुवा गरेको हो।

कम्पनीले २०७७ मा आईपीओ निष्काशन गरेको थियो । आईपीओ निष्काशन गरेको एक महिना पनि नपुग्दै कम्पनीले २०७७ साल असोज ५ गते स्वस्तिक लघुवित्तसंग मर्जरको लागि सम्झौता गरेको थियो। मर्जरमा जाने भएपछि नेप्सेले कम्पनीकाे सेयर काराेबार हुनुभन्दा अघिनै राेक्का गरेकाे थियाे । नेप्सेले यो लघुवित्तलाई SAMAJ  कारोबार संकेत प्रदान गरेको ।

प्रकाशित मिति : July 13, 2023 at 4:32 pm