२७ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, बोलकबोल साेमबार
२४ असार, काठमाडाैं । नेपाल राष्ट्र बैंकले २७ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।नेपाल राष्ट्र बैंकले भोलि असार २५ गते सोमबार २७ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न बोलकबोल गर्ने भएको हो। केन्द्रीय बैंकले असार १९ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल सोमबार गर्नेछ।
राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँकाे ट्रेजरी बिल नवीकरण गर्नेछ। याे ट्रेजरी बिल साउन २३ गते परिपक्क हुनेछ । राष्ट्र बैंकले ९१ दिनका लागि ८ अर्ब रुपैयाँकाे ट्रेजरी बिल नवीकरण गर्नेछ। याे ट्रेजरी बिल असोज २३ गते परिपक्क हुनेछ । १८२ दिनका लागि ६ अर्ब रुपैयाँकाे ट्रेजरी बिल नवीकरण गर्नेछ। याे ट्रेजरी बिल पुस २४ गते परिपक्क हुनेछ भने ३६४ दिनका लागि ८ अर्ब रुपैयाँ ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। याे ट्रेजरी बिल २०८१ असार २६ गते परिपक्क हुनेछ ।
यी ट्रेजरी बिलको साेमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
प्रकाशित मिति : 14:56









