सार्वजनिक बिदामा पनि नबिल बैंकको बैंकिङ सेवा सञ्चालन हुने
२७ कात्तिक, काठमाडौं । नबिल बैंक लिमिटेडले सार्वजनिक बिदाको दिनमा पनि ग्राहकलाई निरन्तर वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो ३६५ दिने बैंकिङ काउन्टर सेवा सञ्चालन गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै मिति २०८३ साल कात्तिक २८ गते शनिबार र २९ गते आइतबार विभिन्न ६ प्रदेशका ८ वटा शाखा कार्यालयहरू मार्फत काउन्टर खुला रहने जानकारी गराएको हो ।
बैंकका अनुसार कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगञ्ज तथा बाग्मती प्रदेशको तीनधारा र ललितपुर शाखाबाट सेवा प्रवाह हुनेछ । त्यस्तै, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगञ्ज धम्बोजी तथा सुदूरपश्चिम प्रदेशको धनगढी शाखाबाट ग्राहकले बैंकिङ कारोबार गर्न सक्नेछन् ।
बाग्मती प्रदेशको तीनधारा शाखा दिउँसो १:०० बजेदेखि बेलुका ४:०० बजेसम्म खुला रहनेछ । तीनधारा बाहेकका अन्य सबै तोकिएका शाखाहरू भने बिहान ९:०० बजेदेखि दिउँसो १:०० बजेसम्म सञ्चालन हुनेछन् । उक्त ३६५ दिने बैंकिङ काउन्टरबाट ग्राहकहरूले अधिकतम १० लाख रुपैयाँसम्म रकम जम्मा गर्न र २ लाख रुपैयाँसम्म रकम झिक्न सक्ने सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति : November 13, 2026 at 5:58 pm










