भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन गर्ने
२९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको हो ।
सरकारले छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले आरटीजीएस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।
प्रकाशित मिति : November 15, 2026 at 9:28 am










