जीवन विकास लघुवित्तको नाफा २० करोड १५ लाख, प्रतिसेयर आम्दानी कति ?
२७ कात्तिक, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उछाल आएको छ ।कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म २० करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन भएको छ। याे नाफा अघिल्लो आर्थिक वर्षको साेही अवधिकाे तुलनामा ३८.१५ प्रतिशतले बढी हाे । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीले १४ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ८.५४ प्रतिशतले बढेर ६० करोड २६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ५५ करोड ७३ लाख रुपैयाँ थियो।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४.६२ प्रतिशत रहेको खराब कर्जा अनुपात चालु वर्षको असोज मसान्तमा बढेर ५.९० प्रतिशत पुगेको छ। कम्पनीको वित्तीय विवरणअनुसार वितरणयोग्य नाफा १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि सुधार देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा ३७ रुपैयाँ ९८ पैसा रहेको प्रतिसेयर आम्दानी बढेर ४६ रुपैयाँ ३ पैसा पुगेको छ।
प्रकाशित मिति : November 13, 2026 at 2:24 pm










