२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

एक लघुवित्तको १५ प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा, तपाईंकोमा आयाे त ?

२० असार, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेकाे छ ।

कम्पनीको २०७९ चैत २६ गते सम्पन्न १२औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको थियो । सोहि बोनस सेयर नेप्सेमा सूचीकृत पश्चात सेयरधनीहरुलाई वितरण सुरु गरेको हो ।

भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरले संस्थाको सेयर अभौतिकिरण भए पश्चात स्वत: खातामा बोनस जम्मा हुने भएको हुदाँ हालसम्म सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गराउन कम्पनीले अनुराेध गरेकाे छ ।

प्रकाशित मिति : 11:34