२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

तिहारपछि आज सेयर बजार खुल्दै

२७ कात्तिक, काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको सार्वजनिक बिदापछि आज (कात्तिक २७ गते) बाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नियमित सेयर कारोबार पुनः सञ्चालनमा आउँदैछ।

सरकारले कात्तिक २२ गते आइतबारदेखि कात्तिक २६ गते बिहीबारसम्म तिहारको बिदा दिएकाले बन्द रहेको सेयर बजार आजदेखि खुल्न लागेको हो। लामो बिदापछि बजार खुल्न लाग्दा आम लगानीकर्ता तथा बजार विश्लेषकहरूमा आजको कारोबार र बजारको सम्भावित दिशालाई लिएर विशेष उत्साह र चासो देखिएको छ।

तिहारअघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अकंले बढेर बन्द भएको थियो। आज बजार खुल्दा सोही सकारात्मक लयले निरन्तरता पाउने अपेक्षा लगानीकर्ताहरूले गरेका छन्।

प्रकाशित मिति : November 13, 2026 at 9:59 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/