२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

प्रि ओपन सेसनमा करिब साढे ५ अंकले घट्यो नेप्से

२७ कात्तिक, काठमाडौं । तिहार बिदा पछिको पहिलो कारोबारकाे दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ५ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ५.३३ अंकले घटेर २६४९.८९ विन्दुमा झरेको छ।

शुक्रबार प्रि ओपन सेसनमा २६ लाख ६१ हजार ४०२ रुपैयाँ ५० पैसाबराबरको १४ हजार ५१६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : November 13, 2026 at 10:58 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/