११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

असार २७ बाट आईपीओ बिक्री गर्दै रिलायबल नेपाल लाइफ, प्रतिकित्ता कति ?

१९ असार, काठमाडौं।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले असार २७ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने भएकाे हाे ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्ने छ। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागिएको हो।

कम्पनीले अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपैयाँ दरमा आईपीओ जारी गर्न लागेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीले कम्पनीकाे आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।

विदेशमा रहेका श्रमिकले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्। उनीहरुले यो आईपीओमा साउन १० गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : July 4, 2023 at 11:09 am