कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आईपीओ जारी गर्न अनुमति
२० कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडलाई आईपीओ निष्कासन गर्न स्वीकृति दिएको छ। बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ।
प्रकाशित मिति : November 6, 2026 at 9:24 am










