यी हुन् साेमबार सर्वाधिक कारोबार हुने कम्पनी
१८ असार, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार पनि सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । आज नेप्से २१.३२ अंकले घटेर दुई हजार ७५ दशमलब ९७ विन्दुमा बन्द भएकाे छ । आज चार अर्ब ५ करोड १० लाख बराबरको कारोबार भएको छ ।
आज पनि हिमालयन लाइफको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको यस दिन २३ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सोल्टी होटरकाे २० करोड ९४ लाख रुपैयाँ, नागरिक लगानी कोषको २० करोड ३३ लाख ५५ हजार रुपैयाँ, शिवम् सिमेन्ट्सको १८ करोड १८ लाख ०२ हजार रुपैयाँ र एनएलजी इन्स्योरेन्सको १४ करोड ८ लाख ८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार १५:१४












