छुट्ला है ! एक कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१८ असार, काठमाडाैं । नागरिक लगानी कोष(सीआईटी)को लाभांश सुरक्षित गर्ने आज असार १८ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।
कम्पनीले २८ औँ वार्षिक साधारणसभा असार ३१ गते नयाँबानेश्वरस्थित सीआईटी बिल्डिङमा अपराह्न ३ बजे बाेलाएकाे छ । सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५८ प्रतिशत नगद लाभांश गरी कुल २६.३१५८ प्रतिशत लाभांश पारित गर्नेछ ।
प्रकाशित मिति : १८ असार २०८०, सोमबार ०९:४२












