१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

छुट्ला है ! एक लघुवित्त कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१३ असार, काठमाडाैं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असार १३ गते अन्तिम दिन रहेको छ।लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि असार १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार १३ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

संस्थाले आफ्नो नवौँ वार्षिक साधारणसभा असार २२ गते काभ्रेको धुलिखेल–३ नयाँगाउँमार्गस्थित धुलिखेल लज रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित)  गरी कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार ०९:५३