२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

कपिलवस्तुको खरेन्द्रपुरमा समृद्धि फाइनान्सको १३ औँ शाखा विस्तार

११ असार, काठमाडाैं । समृद्धि फाइनान्स कम्पनीले कपिलवस्तुको शिवराज नगरपालिकाको खरेन्द्रपुरमा १३ औँ शाखा विस्तार गरेको छ।सोमबार शिवराज नगरपालिकाका मेयर अजय थापा र समृद्धि फाइनान्सका सञ्चालक विनोदकुमार सुवेदीले संयुक्त रुपमा उक्त शाखाकाे उद्घाटन गरेका छन्।

कम्पनीले आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, एसएमएस अलर्ट, क्लियरिङलगायतका सेवाहरु सञ्चालन गर्दै आएको छ। थप शाखाहरु पनि विस्तार गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : 12:57