१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

अभियान लघुवित्तले बाेलायाे वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

७ असार, काठमाडाैं । अभियान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बाेलाएकाे छ । असार ६ गते बसेकाे कम्पनीकाे सञ्चालक समितिको बैठककाे निर्णयअनुसार संस्थाको वार्षिक साधारणसभा असार २८ गते काभ्रेको पनौती–४ स्थित ताम्राकार पार्टी भेन्युमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले अन्य लघुवित्त संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, सर्वसाधारण सेयरधनीहरुका तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असार १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार १४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै लघुवित्तको वार्षिक साधारणसभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : June 22, 2023 at 12:06 pm