७ असार २०८३, आइतबार | Sun Jun 21 2026

लघुवित्त संस्थालाई दुर्गम तथा ग्रामीण क्षेत्रमा परिचालन गरिने

१५ जेठ, काठमाडाैं । सरकारले लघुवित्त वित्तीय संस्थाहरुलाई बैंकिङ पहुँच नभएका दुर्गम तथा ग्रामीण क्षेत्रमा परिचालन गरिने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले लघुवित्त वित्तीय संस्थाहरुलाई सामाजिक बैंकिङको अवधारणाअनुरुप काम गर्ने गरी ग्रामीण क्षेत्रमा परिचालन गरिने बताएका हुन्। त्यस्तै लघुवित्त वित्तीय संस्थालाई विशिष्टीकृत प्रादेशिक वित्तीय संस्थाका रुपमा अगाडि बढाइनेसमेत महतले बताए ।

प्रकाशित मिति : May 29, 2023 at 7:20 pm