२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

२२ अर्ब ४६ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आज

२७ चैत, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज चैत २७ गते सोमबार २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।केन्द्रीय बैंकले भोलि चैत २८ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको आज बोलकबोल गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ।

याे ट्रेजरी बिल २०८० वैशाख २६ गते परिपक्व हुनेछ। बैंकले ९१ दिनका लागि ८ अर्ब रुपैयाँकाे ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल असार २६ गते परिपक्व हुनेछ। १८२ दिनका लागि ६ अर्ब ४६ करोड रुपैयाँकाे ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल असोज २३ गते परिपक्व हुनेछ। बैंकले ३६४ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल चैत २७ गते परिपक्व हुनेछ ।

यी ट्रेजरी बिल आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रकाशित मिति : April 10, 2023 at 9:40 am