सोमबार सार्वजनिक बिदाका दिन पनि यी बैंकका शाखा खुला रहने
२९ कात्तिक, काठमाडौं । छठ पर्वको अवसरमा सरकारले भोलि कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिए पनि अधिकांश वाणिज्य तथा विकास बैंकहरूले बैंकिङ सेवा उपलब्ध गराउने भएका छन्। बैंकहरूले ग्राहकको सुविधालाई ध्यानमा राख्दै देशका विभिन्न स्थानमा रहेका केही शाखा कार्यालय सञ्चालन गर्ने भएका हुन् ।

सार्वजनिक बिदाका कारण नियमित बैंकिङ सेवा बन्द रहने भए पनि अत्यावश्यक सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले बैंकहरूले सीमित शाखामार्फत सेवा दिन लागेका हुन्। बैंकहरूले सार्वजनिक गरेको सूचनाअनुसार ग्राहकले बिदाको दिन पनि तोकिएका शाखाबाट बैंकिङ सेवा लिन सक्नेछन्।










प्रकाशित मिति : November 15, 2026 at 6:01 pm










