इनमसँग नाम जोडिएका युवा मृत भेटिए, फेसबुकमा भेटियो दुई टिप्पणी
३० कात्तिक, काठमाडौँ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको संरक्षणमा विचौलियाको छुट्टै साम्राज्य बनाइरहेका इनम सापकोटासँग नाम जोडिएका झापाका एक युवा मृत अवस्थामा भेटिएका छन । झापाको कन्काई नगरपालिका वडा नम्बर ३ मा फोटो स्टुडियो सञ्चालन गर्दै आएका ४३ वर्षीय यशु खतिवडा भनेर चिनिने योगेन्द्र खतिवडा मृत भेटिएका हुन ।

आफ्नै घरको दोस्रो तलामा रहेको भेन्टिलेसनमा सलको पासोमा झुण्डिएको अवस्थामा खतिवडा भेटिएको झापाकी प्रहरी उपरीक्षक ९एसपी० बसुन्धरा खड्काले पुष्टि गरेकी छिन । उनको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा अन्य अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खतिवडाले मृत्युको पूर्व जानकारी दिन फेसबुकमा दुई टिप्पणी राखेको पाइएको छ । उनले इनमसँग नाम जोडिएर भएको चर्चा आफ्नो बुबाको बिरूद्धमा गरिएको षडयन्त्र भन्दै उल्लेख गरेका छन ।
उनको स्टाटस तल पढ्न सक्नुहुन्छ

प्रकाशित मिति : November 16, 2026 at 9:14 am








