१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

नेको इन्स्योरेन्स ८ करोड १८ लाख नाेक्सानीमा, इपीएस कति ?

३० कात्तिक, काठमाडौं । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मकाे वित्तीय विवरण सार्वजनिक गरेकाे छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ८ करोड १८ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको छ ।

 गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ८ करोड ३१ लाख रुपैयाँ नोक्सानीमा थियो । वित्तीय विवरण अनुसार खुद बीमाशुल्क संकलन १५.२२ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३४ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २९ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ७७ करोड २२ लाख ७८ हजार रुपैयाँ रहेको छ भने विपत्ति कोषमा १८ करोड १५ लाख रुपैयाँ र जगेडा कोषमा २८ करोड ३१ लाख रुपैयाँ सञ्चिति रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १२ रुपैयाँ ३५ पैसा ऋणात्मक रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा ११ रुपैयाँ ८१ पैसाले ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २२३ रुपैयाँ २६ पैसा रहेको छ ।

प्रकाशित मिति : November 16, 2026 at 12:17 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/