१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

५५ प्रतिशतले बढ्याे सर्वोत्तम पेन्ट्सको बिक्री, नाफा कति ?

३० कात्तिक, काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ। समीक्षा अवधिमा कम्पनीले १ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षकाे साेही अवधिमा कम्पनीकाे नाफा ५०.८३ प्रतिशतले बढी हाे । गत आर्थिक वर्षकाे साेही अवधिमा कम्पनीले ७८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको मुख्य व्यावसायिक बिक्री आम्दानी ५५.७५ प्रतिशत बढेर ११ करोड ६४ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ७ करोड ४६ लाख रुपैयाँ रहेको थियो। बिक्रीमा भएको यो वृद्धिसँगै कम्पनीको कुल मुनाफा गत वर्षको ३ करोड १४ लाख रुपैयाँबाट उक्लिएर ४ करोड ५२ लाख रुपैयाँ कायम भएको छ। सञ्चालन मुनाफा समेत गत वर्षको ९२ लाख ३९ हजार रुपैयाँबाट ८१.६८ प्रतिशतले बढेर १ करोड ६७ लाख ८६ हजार रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पूँजी गत वर्षको २५ करोड ५० लाख रुपैयाँबाट वृद्धि भई ३७ करोड ४० लाख रुपैयाँ पुगेको छ भने जगेडा तथा कोषमा १ करोड ६३ लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६१ पैसा कायम भएको छ। यसैगरी, कम्पनीको प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ३७ पैसा पुगेको छ।

प्रकाशित मिति : November 16, 2026 at 11:30 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/