१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

२० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक

२३ चैत, काठमाडाैं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज चैत २३ गते बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले वैशाख ७ गते परिपक्व हुने यो रिपो आज दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्। तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा प्रयोग गर्दछन्।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १०:२७