सानिमा जीआईसी नोक्सानीमा, अन्य सूचक कस्ता ?
३० कात्तिक, काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडकाे चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा कम्पनीको नोक्सानी थप बढेको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमाशुल्क १७.२१ प्रतिशतले बढेर १३ करोड १२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो रकम ११ करोड १९ लाख रुपैयाँ थियो। कम्पनीको कुल आम्दानी पनि १३.३४ प्रतिशतले बढेर २४ करोड ६३ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कुल आम्दानी २१ करोड ७३ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४१.१५ प्रतिशतले बढेर ३९ करोड १६ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो रकम २७ करोड ७४ लाख रुपैयाँ थियो।
यस अवधिमा कम्पनीको खुद नोक्सानी २९ करोड ३७ लाख ७६ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनी २० करोड २ लाख ३ हजार रुपैयाँ नोक्सानीमा थियो। कम्पनीको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ५ पैसा ऋणात्मक भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८२ पैसा रहेकाे छ । समीक्षा अवधिमा कम्पनीले जारी गरेका बीमालेखको संख्या बढेर ४१ हजार ४७७ पुगेको छ। गत वर्षको सोही अवधिमा यो संख्या ३१ हजार ४५७ थियो।
प्रकाशित मिति : November 16, 2026 at 12:56 pm










