१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

एमालेकै नेतृत्वमा वामपन्थीहरू ध्रुवीकृत हुने सम्भावना छः रामकुमारी झाँक्री

नेकपा (एमाले) विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) का सचिव रामकुमार झाँक्री पुनः एमालेका फर्कन लागेको चर्चाले पछिल्लो समयमा राजनीतिक बजार तताएको छ । एमालेका नेताहरु र झाँक्रीबीच पछिल्लो समयमा अनौपचारिक कुराकानी भएको र झाँक्री स्वयं नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट रहेको देखिएको छ । यसको वास्तविकता के हो ? के मुलुककका वाम एकताको वातावरण पुनः बन्न सक्छ ? यसका लागि बाधक पक्षहरु के के हुन् ? राजनीतिप्रति युवाहरुको बितृष्णा किन बढ्दैछ ? भनेर दैनिकीका प्रधानसम्पादक माधवप्रसाद तिवारीले पूर्व सहरी विकासमन्त्री झाँक्रीसँग प्रश्न गरेका छन । झाँक्रीसँगको प्रश्नोत्तरको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः

नेपाली राजनीतिमा जुन खालको परिघटना देखिएका छन् । धेरैजसो युवाहरुमा एकदम दिक्दारी र वितृषणा देखिन्छ । राजनीतिक दलभित्रको युवा नेतृत्वको हिसाबले कसरी हेर्नु भएको छ ?

राजनीतिमा युवाहरुको वितृष्णा भन्दा पनि युवाहरु जबर्जस्ती आउन खोजेको जस्तो देखिन्छ । कारण, यो हाम्रो मामिला होइन, हामी उत्पादनमूलक काम र बिजनेसमा जानुपर्छ भनेर प्रोफेस्नलीरुपमा युवाहरु सिफ्ट हुने र राजनीतिलाई यो मेरो मामिला होइन भनेर छोड्ने चलन संसारभरी छ । किनभने यो मेरो मामिला होइन, यो मेरो इन्ट्रेस्ट होइन, मेरो पर्सानिलिटी होइन, मेरो एटिच्युड होइन भनेर राजनीतिबाट एकदम राम्रो स्कलरहरु पनि बाहिरिन्छन् । नेपालमा सबै सेक्टरबाट जाने भनेको राजनीतिमा हो ।

तपाई समाचार पढ्दै गर्नुस्, अल्टिमेटिकल्ली राजनीतिमा । कलाकार बन्नुस्, अन्तिममा राजनीतिमा । व्यवसाय गर्नुस् वा उद्योग गर्नुस् राजनीतिमा । हर प्रकारको व्यक्ति राजनीतिमा आउँछन् । राजनीति एउटा त्यस्तो चेन्जको छडी हो जहाँ चेन्जको एउटा मात्रै हतियार छ भनेको जस्तो नेपालमा भएको छ । राजनीतिमा हेर्दा सबै सेक्टरको मान्छे हामफालेको जस्तो म देख्छु । त्यसले गर्दा राजनीतिमा मान्छको वितृष्णाभन्दा पनि अति इन्ट्रेस्ट चाहीँ म देख्छु । राजनीति सेवा र संकल्पभन्दा बाहिरको विषय भयो । किनभने यो इजी एक्सेसको विषय भयो । एक्सेस हुन केही चिज भयो भने एक्सेस हुने भयो । र नेपालमा यो खालको एउटा विकृत रुप हामीले अभ्यास गर्दै जान खोजिरहेका छौं । त्यसकारण हिजो के भएको थियो भन्ने कुराले अर्थै नराख्ने भइसक्यो ।

अमेरिकाबाट एकजना कर्नेल कुनै युनिभर्सिटिको फुल स्कलरसिप पाएर पिएचडी गरिरहनुभएको एक जना स्टुडेन्ट आउनुभएको थियो । सोसोलोजी—एन्थ्रोपोलोजी पढ्ने मानिसहरु प्रायले लेफ्ट विचारधारा राख्छन् । माक्सिस फिलोसोपीबाट धेरै प्रवाहित हुन्छन् उनीहरु । किनभने सोसल साइन्समा माक्र्सवाद भनेको विज्ञान मानिन्छ । त्यो कारणले प्रवाहित हुन्छन् । उनी अमेरिकी स्टुडेन्ट हुन् । नेपालमा उनले पिएचडी गरिन् र हामी दश आठ जनाको युवा साथीहरुसँग उनको लामो चर्चा थियो । अनि उनले एउटा किताब लेखिन् । उनले अमेरिकी पोलिटिक्स् त्यति मन पराउँदैनथिन् । अनि ठिक छ नि त डिफ्रेन्टली तिमी पोलिटिक्समा आउ न त मैले भनेँ । अनि उनले त्यो मेरो विजनेश होइन भनेर भनिन् ।

किन ? जबकि तिमी सामाजिक विकास, सामाजिक अन्तरविरोध सम्बन्धमा, समाजको रियालिटिका बारेमा यति धेरै थाहा हुने मान्छे साइन्टिफिक ढंगले आफ्नो नलेज राख्ने मान्छे राजनीतिमा आउँदा राम्रो हुन्छ भनेर मैले भने । न्याटिभ अमेरिकन हुन् उनी । अनि उनले मेरो पर्सानालिटी पनि होइन, पब्लिक स्पिकर पनि होइन भनिन् । विसं. २०६२—०६३ मा मस्टली हामीसँग हिँड्ने मान्छे । म चाहीँ मस्टली युनिभरसिटी पढाउन र रिसर्चमा फिट हुने मान्छे हो भनिन् । त्यतिको स्मार्ट मान्छेले पनि त्यस्तो भन्नुभयो । यहाँ त एउटा युट्युब चलाउने मान्छे पनि चुनाव लड्छन् । जितेर पनि आउनुभयो ।

युट्युबमा फ्यान फलोवर पनि हुन्छ, सस्क्राइबर पनि हुने पैसा पनि हुने भयो । अनि चुनावमा पनि आउने भयो । अहिलेको स्वीङ जनमतले त्यो ठाउँ पु¥यायो । युवाहरुमा वितृष्णा भन्दा पनि अति इन्ट्रस्ट भयो । राजनीति मात्र त्यस्तो ठाउँ हो जहाँ सम्मान छ । जहाँ पावर छ । जहाँ सिसोर्से पनि छ । त्यही भएर अधिक मान्छे यता आउन चाहान्छन् । आउनका लागि सबैका लागि सबै ढोका खुल्ला त छैनन् । जस्तो हामी पार्टी भित्र बसेर पोलिटिक्स गर्ने मान्छे त हामीले प्रत्येक स्टेपहरु चढ्नुपर्छ । तत्कालीन गाविसको वडा कमिटीबाट संगठित हुने मान्छे हो हामी । सबै पार्टीमा त्यसरी आउने मान्छेहरु हामी पार्टीको लिडर भएनौं भन्ने कुरा हाम्रो लागि मनोटोनस बन्न सक्ला । तर हामी जन्मिदा बनेको पार्टी पनि छ । हामी भन्दा अगाडीको पनि छ । हामी सँगैको पनि छ । हामी भन्दा पछाडी पनि बन्दै छ । त्यसरी एउटै पुस्ता एउटै मुभ्मेन्टमा हुँदा बरु हामीले आफ्नै पार्टीभित्र सहज देखेनौं कि । त्यो एउटा अन्तरविरोध छ । तर युवाहरु विभिन्न पेशाबाट राजनीतिमा आउने चाहन्छन् । त्यसले गर्दा राजनीतिमा युवाहरुलाई वितृष्णा होइन अधिक वितृष्णा छ ।

यस कारण राजनीतिमा विकृति पनि छ । किनभने सबैको अल्टिमेट गोल राजनीतिमा जाने भयो भने पनि एकले अर्कालाई खुइल्याउने, नन्पर्सानालिजमको कुरा गर्ने, आलोचना गर्ने, सामाजिक गाली बेइज्यतीमा ओर्लने यो सम्म को अवस्था हुन्छ । अनि प्रमुख दलको मान्छे मानौं ए भन्नेले चुनाव लडेर गयो । एमालेमा त्यो मान्छेले टिकट पाउन सम्भव थियो त ? थिएन नि । अनि समाजवादीमा पाउँछ त त्यो मान्छेले ? पाउन्न । कांग्रेसमा पाउँछ त ? झनै पाउन्न । अनि माओवादीमा पाउँछ त ? अर्को बाटोबाट गयो चुनावले लडेर आयो । पार्टीभित्र उनले आफ्नो भविष्य देखेनन् । अनि आफ्नो अल्टिमेट पार्टी बनाए । तर अहिले फर्म भएका पार्टीहरु एकहजार गुणा होइन दश लाख गुणा डेमोक्रेट छ । बरु एमाले, काँग्रेस, माओवादी र यही समाजवादी डेमोक्रेट छन् ।

म त भन्छु खुलेआम नेतृत्वलाई च्यालेन्ज गरेर, नेतृत्वसँग पङ्गा लिएर पनि त्यही पार्टीमा हामी नेतै भएर बसेको थियौं । तर अहिले पार्टीको लिडरसिपको विरुद्ध बोल्दा त्यो पार्टीमा रहन सक्ला त ? म त सम्भव देख्दिन । हामी त पङ्गा लिएर डेमोक्रेसीको हिसाबले, संगठनको हिसाबले हरेक हिसाबले डिभेड गरेर आएका छौं । हाम्रो लिडरसिप त्यति स्वीकार्य छ । उहाँहरुले आलोचना त्यति सुन्नुहुन्छ । भनौं कुनै बेला केपी ओलीको म सबै भन्दा भेरै आलोचना गर्थे । उहाँले नभएको मान्छेले के आलोचना गर्नु । लिडरसिपमा यो खालको स्वीकार्य छ ।

अहिले बन्दै गरेका त यसो हेर्यो भने पनि भष्म गर्दिने स्थिति बनिरा छ । भनेपछि त डेमोक्याटी त अल्टिमेट पुरानै पार्टीहरु डेमोक्रयाट छ । हामी कम्युनिष्टहरुले भन्ने जनवाद डेमोक्रेसीले भन्ने लोकतन्त्र यी नै पार्टीमा बलियो छ । त्यही पार्टीमा पङ्गा खेल्दा खेल्दा गगन थापा त नेतै भएर आए त । अब कसैको पार्टीमा आउन त सदस्य पनि पाउँदैनन् । संस्थागत पार्टीका माथि आलोचना गरेर यस्तो एक दुई ओटा त भइहाल्छन् । हुँदै पनि जान्छ संसारभरी जान्छ । हामी त लडिराछौँ । म त मेरो पार्टीको अक्ष्यक्षसँग मज्जाले रिफ्रेन्स राख्छु । मेलै किन भन्ने पश्न राख्छु । त्यहाँ डिभेट भएका कुरा एक तह सम्म पुग्यो भने बाहिर सम्म पुगिराहुन्छ । कहिले काहीँ विद्रोहमाभित्र बोल्ने ठाउँ भएन भने बाहिर पनि बोलिराहुन्छौं । तर अहिले कमिटी प्रणालीभित्र पनि बोलिरहेको हुन्छौं । मैले भने कुनै एउटा कुनै एउटा माओवादीमा, समाजवादीमा र कँग्रेसमा पनि यो वातावरण छ । अरुमा म देख्दिन ।

तपाईँको दलको कतिपय नेताहरुले नेतृत्वले हाम्रो कुराहरु सुनेन, छलफल हुँदैन एकजना व्यक्तिले नै लड्ने भए हामीले हिजो लड्नुको के अर्थ थियो ? भन्ने खालका कुराहरु आइरहेका छन् । यसलाई सुधार कसरी गर्न सकिन्छ ?

कुनै पनि पार्टीमा निर्णय कम्तिमा पनि कमिटी प्रणलीमा हुनुपर्छ । कमिटी प्रणालीमा पाँच जना हुन्छ । दश जनामा हुन्छ । त्यहाँ त निर्णय हुन्छ । केही मान्छेले सुन्दैनन् होला तर कमिटीगत नै निर्णय हुन्छ । यी संस्थागत पार्टीमा ती लोकतन्त्रको प्रश्न उठाउनु बेकार कुरा हो । संस्थागत निर्णय कहिले तपाईलाई चित्त बुझ्छ मलाई बुझ्दैन । कहिले मलाई बुझ्छ तपाईलाई बुझ्दैन । अन्तर सम्बन्धित मात्र भएको हो । नयाँ राजनीतिक वेभ आएका पार्टीका बारेमा मैले टिप्पणी गरेको छैन । अहिले नै टिप्पणी गर्नु हतार पनि हुन्छ । र यो टिप्पणी गर्ने काम मेरो पनि होइन । किनकि यो इलेक्सनदेखि यताको पाटोमा म टिप्पणी नै गर्दिन । किनकि यो टिप्पणी गर्नुपर्ने विषय नै होइन । आफै केही चिज हुँदैछ यहाँ ।

तपाईँले अनुभव गरेको जस्तो स्वच्छ राजनीतिको चरित्र र चित्रण आज जसलाई हामी कम्युष्टि भन्छौं तिनमा देखिन्छ त ?

कम्युनिष्ट भनेको साहित्यमा र दस्तावेजमा हामीले जे कुरा पढ्यौं लेख्यौं । आजको समाज, आजको उत्पादन प्रणालीमा पुरै त्यो ट्रान्सलेट गर्ने प्रणाली नै होइन । चरम वित्तीय पूँजीवादको यो अवस्थामा किसानहरुको हिस्सा के ? खासगरी वामपन्थी किसानहरु अभियानका क्रममा छन् ।

आजको पूँजीवादले यो उत्पादन प्रणालीभित्र समाजवाद भन्ने चिज त धेरै परको कुरा छ । कम्युनिजम भनेको आज भन्दा लाख गुणापछिको कुरा हो । त्यसकारण त्यो सपनालाई देख्ने मान्छेको आजको जीवन अनुकरणीय हुनुपर्छ भन्ने मान्यता राख्नुपर्छ । तर समग्रमा त्यो कम्युनिज्म, त्यो अवस्थाबाट हामीले सुनेको छ । पढेको छ । तर ट्रान्सलेट गरेको छैन । यो त योग्यता अनुसारको काम हुन्छ । काम अनुसारको दाम हुन्छ । राज्यले धेरै प्रोटेक्क गर्छ । निजी सम्पति, निजी भोग, विलासबाट मान्छेलाई मुक्त गरेको हुन्छ । त्यो भनेको एजुकेट गरेको हो । प्रेम, घृणा, रिस र आशक्ति सबै चिज हुन्छ ।

त्यसकारण निरन्तर साधनाले मान्छेलाई मान्छे बनाउछ भनेर धर्म गुरुले भनेको जस्तो माक्र्सवादले पनि निरन्तर वैचारिक अध्ययन, वैचारिक विचार र अध्ययनले बनाउने हो । त्यहाँ तपाईले मलाई अर्को धन्दा अनि तिमी चाई यो मान्छे बन भनेर त हुनै सक्दैन । त्यही भएर अहिलेको मान्छे हामी कसैसँग पनि आमरुपमा हामीले खोजेको त्यो कोर कम्युनिजमभित्र को मान्छे हामी बनेकै होइन । भोलि त्यसको सम्भावना छ भनेर हामीले त्यसको एडभोकेसी गरेको मात्र हो । र आजको यो पूँजीवादको व्यवस्था भित्रका हामी पात्र मात्र हो । तुलानात्मक हिसाबले अलिकति सामाजिक उत्तर दायित्व बुझेको मात्र हो । अलिकति अनुशासित, अलिकति जनतालाई माथि राखेर सोच्ने व्यक्ति हुन खोजेको हो ।

नेपालको वामपन्थी आन्दोलन अझै ध्रुवीकृत होला जस्तो लाग्छ तपाईँलाई ?

विस्तारै विस्तारै हुन्छ । किनभने यही पटकको इलेक्सनबाट जस्तो कम्पोजिसन बनिररहेको छ । धेरै नै सकसपूर्ण कम्पोजिसन देखिएको छ । त्यलाई हेर्दा अब एक पटक हामी सबैजना मिलेर राम्रो कन्डिसन लिने अवस्था आउन सक्छ । अब आउने इलेक्सनसम्म अर्कै परिस्थिति बन्छ । वामपन्थीहरु मिल्नुपर्ने देखिन्छ । अहिले सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी सरकारबाट पनि बाहिर छ । त्यो सँगसँगै अरु पनि बाहिर छन् । जे देखिदै छ । जे हुँदै छ । जे यसले बाइ प्रडक्ट निकाल्दै छ । त्यसले एक ठाउँमा पु¥याउछ । तर त्यसले समय लिन्छ । एकदिन एमालेले नै त्यसको नेतृत्व गरेर अगाडि बढ्ने सम्भावना छ । अहिलेको अवस्थामा होइन अलि पछिको अवस्थामा त्यस्तो हुन सक्छ । सत्ताको भागबन्डा भन्ने चिजलाई पनि त्यसरी नलिउँ ।

त्यस्तो भए त यो पुनःस्थापित गठबन्धन त फेरि अर्को चुनावसम्म जाला नि पहिल्यै घोषणा गरेको छ बीस वर्ष सम्म जाने भनेर ?

भविष्यवाणी काँही पनि काम लाग्दैन । यो राजनीतिमा भविष्यवाणी खासै काम लाग्दैन । राजनीति फरक बाटोमा पनि जानसक्छ भन्ने मेरो सामान्य कुरा हो । कसरी जान्छ, किन जान्छ भन्नको लागि केहि समय वेयट गर्नु पर्छ ।

चुनाव अगाडि नै नेकपा( माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एक हुनुपर्छ र त्यसको निम्ति कार्यदल बनाउनुपर्छ भन्ने समाचारहरु पनि आयो र अन्तिम अवस्थामा रोकियो । किन रोकियो खास ?

त्यती बेला कुन कन्टेक्ससमा कुरा भयो तर आजको दिनमा समाजवादी र माओवादी, समाजवादी र एमाले यो पार्टीगत हिसाबले एकता हुने कुनै सम्भावना हुने सम्भावना छैन । एकता हुन मिनिमम केही कुरामा संवाद हुनुप¥यो, सिमिल्यारिटि केही छैन । हामी त्यही पार्टीमा हुकिर्यो र हाम्रो चिनमानै त्यही छ भन्ने बाहेक अरु केही छैन । अध्ययनको हिसाबले हिजो हामीले के ग¥यौँ, हामीले करेक्सन के गर्नुपर्ने हिजोको इतिहासमा के गयौं भनेर सबै हाम्रो इतिहास नै हो भन्ने बाहेक अरु के नै छ । अहिलेको हिसाबले संस्थागत रुपमा कुनै काम गर्ने स्थिति नै छैन ।

भोलिको दिनमा समाजवादी र एमाले अलि चाँडो मिल्छ भन्ने हल्ला छ के हुन्छ ?

आवश्यकताले हुन सक्ला तर अहिले चाहीँ म देख्दिन । मिल्नुपर्छ ।

एमालेको अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो समयमा चुनावमा भेटेर आउनुभयो । त्यसपछि बारम्बार भेटघाट भइरहेको छ । यो सत्य हो ?

बारम्बार त नभनौ तर भेटघाट भइरहेको छ । यो राष्ट्रपति चुनाव जस्ता विभिन्न सन्दर्भमा कुरा भैररहेको छ । केपी ओलीसँग मात्र होइन सबैसँग भैइरहेको छ । यताउति गरिरहँदा कहिलेकाहीँ मिडियटर नै भइएला जस्तो लाग्छ । यो मिडियटरले जित्न नि सक्दैन हार्न नि सक्दैन । त्यसकारण मेरो त पोजिसन नै केही छैन जस्तो लाग्छ । गफ त सबैसँग भइरहेको छ । गफको पनि राम्रो कंक्रिट नभए पनि त मतलब हुँदैननी ।

सकारात्मक सोच्दा केही राम्रो हुन्छ जस्तो लाग्छ ?

कुनै एउटा कालखण्डमा गएर सबैलाई खड्किन्छ । भागबन्डा मिलुन्जेल मिल्छ । त्यसपछि मिल्दैन । एक हिसाबले सोच्दैन त्यो पनि हो । भागबन्डा भनेको कसैले उसको राजनीतिक अस्तित्वमाथि प्राप्त गरेको विजयलाई आफ्नो गणितमा पनि उसको विजय र उसको सर्वेसर्वा ठान्छ भने त्यो त सहन सकिँदैन । उदाहरणको लागि तिमी दश सिटको समाजवादीलाई हामी सबै भदा ठूलो पार्टीले किन कन्ट्रिब्युट गर्ने ।

दैनिकी संवादमा कुरागर्दै पूर्वमन्त्री झाँक्री ।

हामी बराबरको अनुपात कसरी पाउँछौं । भनेर भन्यो भने मेरो सबभन्दा पहिले प्रश्न हुने छ । हामी खरानी भएर तिमीहरुलाई बनाएका हौं । अनि हाम्रो खरानीमा पनि तिमिहरुको हिस्सेदारी हुने । हामी जिन्दगीभर खरानी भएर तपाईहरुलाई कन्ट्रिब्युट गरेर आन्दोलनमा एक हिसाबले क्षयीकरण भएर तपाईहरु शक्तिशाली भएको हो । त्यसको मूल्य पनि उनीहरुले नै खाने त्यो त मान्न सकिँदैन । प्रधानमन्त्री, मन्त्रीमा यस्तो सोच छैन । तल्लो तहको मान्छेको यो सोच देख्दा त्यो सोचले हामीलाई चाँडै मिल्नेतिर पु¥याउँछ ।

चुनावमा जाँदा आफ्नो तपाईँहरु पूर्व सहकर्मीहरुमा अलि अलि भनाभन देखियो । कार्यकर्ताहरु मिलेर आए पनि हुने भन्ने तपाईँलाई लागेन ?

म आफू चुनाव लड्दा एउटा स्वच्छ प्रतिस्पर्धीको व्यवहारमा रहेँ । देशभर म डुलिनँ । म गुल्मीमै दुई नं क्षेत्रमा सिमित भएँ । ममाथि उहाँहरुको अत्याधिक लोभ चाहीँ म भैदिएको भए हुन्थ्यो भन्ने थियो । मेरो लागि त्यो परिस्थिति थिएन । त्यस्तो निर्णय गर्ने उहाँहरुको धेरै आश थियो । अलि अगाडीदेखि म धेरै डिट्याच थिएँ ।

जिल्लामा गत साउनबाट गाउँतिर गएर समानुपातिकको सिफारिस गर्ने गरी कुरा चलेको थियो । पार्टीहरुमा पैलाको जस्तो दिक्दारी छैन । एमालेकै साथीहरुसँग चिया खाने, भेटघाट गर्न सजिलो छ । पहिलाको जस्तो छैन । दिदी आज हाम्रो बैठक छ । तपाईको नामबाट सिफारिस पठाउँछु भन्ने र जिस्काउने गरिरहन्थे । चुनावमा पनि शालिन भनिएको मान्छेको व्यवहार त मिडियामै आयो । कार्यकर्ताको तहमा एकाधबाहेक काहीँ कतै पनि मलाई मिसबिहेभ भएन ।

तपाईँहरु पराजित भएपछि पनि फुलमाला अबिर लगाएर गाउँ घुम्नुभयो । त्यसपछि के प्रतिकृया आयो ?

मेरो कस्तो भयो भने मैले दुःख गरेर बनाएको पार्टी चाहीँ एकातिर । मैले चुनाव लडेको पार्टी अर्कोतिर भयो । एक हिसाबले मतदाता पनि डिभाइडेड भएँ । म जता चुनाव लडिरहेको थिएँ । त्यहाँ पनि उहाँहरुको एकदम माया, सद्भाव, प्रेम आफू जस्तैगरी लाग्नुभएको पाएँ । म एकदम गाह्रौँ कन्डिसनमा थिएँ । त्यो चुनावको प्रोसेसभित्र । थोरैले चुनाव लुज गरे त्यो अलग कुरा हो । त्यो चुनाव लुज गर्दा पनि मेरो लागि ठूलो लर्निङ भयो । त्यसपछि काठमाडौं आएँ । दुई दिन बसेँ काठमाडौं । नेताहरुसँग भेटघाट भयो । कोही आउनुभएको थियो । कोही आउँदै हुनुहुन्थ्योे । मान्छेको रुवावासी घाट हो ।

त्यसरी हिँडेर टाउको जोगाएर भयो त भन्नुभयो फेरी फर्केर गएँ । सबै जनालाई मैले धन्यवाद. भन्नुपर्छ भनेर गएँ । उहाँहरुले चुनाव भनेको त हामीले जितेको हो भन्छन । म गएँ झन्डै बीस दिन लाएर ४२ वडा वडामा गएँ । देवालीहरु परेको थियो । इन्गेज धेरै थिए । फेरी भोज भत्तेर मा पनि हिँडे । सकस कस्तो भयो भने एउटा गठबन्धनबाट आएको छु । आफ्ले गरेको सारा पंक्ति त्यता अर्कोपटी छ । मतदाता डिभाइड छ । मेरो लागि एकदम नमिठो भयो । तर मैले अलि अलि कर्नरमा उहाँहरुले मलाई सपोर्ट गर्नुहुन्छ कि भन्ने आस पनि गरेको थिएँ । सपोर्ट ढिक्कै वाला सपोर्ट पाउँथेँ । त्यो पनि पाइनँ । म हिजो एमालेमा हुँदा त्यो पार्टीबाट सर्पोट पाउँछु कि भन्ने त्यो पाटो भत्कियो । यताबाट पार्टी पाएँ । अर्कोबाट त्यो भत्कियो । उता तल्लो तहबाट मैले राम्रो सपोर्ट पाएँ तर यता निर्णय राम्रो भएन ।

विभिन्न समूहसँग तपाईँ छलफल गरिरहनुभएको छ भन्ने टिप्पणीहरु आएका छन् । खासमा के हो ?

मेरो नेपाली काँग्रेस, माओवादी, समाजवादी र एमाले यो चार वटा पार्टीको नेताहरु बाहेक अरु पार्टीको नेताहरुसँग छलफल भेटघाट हुँदैन । पूर्व प्रधानमन्त्रीसँग भेट्न यत्तिकै सजिलो पहिलाको क्याविनेटको सचिव भएको छ । गठवन्धनमा भइयो, एतातिर पहिला काम गरेको पार्टी नै भयो । त्यसकारण मलाई सहज भएर त्यहाँ भित्रको केही कुराहरुमा म सहभागी भएको हो । प्रश्नल रिलेसनहरु त भैहाल्छ । पार्टीगत हिसाबले अरु कसैसँग संवाद छैन । अर्को म चुनावमा लागिरहेको छु । कलम चिन्ह अनि सोसल मिडियामा म एरपोर्ट गएको फोटो राखेर रामकुमारी एमालेमा प्रवेश भनेर प्रचार आइरहेको थियो चुनावको बेलामा । खिमलाल भट्टराई र विष्णुप्रसाद पौडेलसँगको फोटो थियो । म यताबाट भैरहवा गइरहेको थिएँ । उहाँहरु उताबाट आइरहनु भएको थियो । यताबाट जाँदा उहाँहरुलाई भैरहवा एर्पोटमा भेटेँ अनि एउटा फोटो खिचेर हालेको हो । त्यो एउटा रमाइलोको लागि मात्र थियो ।

भनेको एमालेको सदस्यता नवीकरण तत्काल हुँदैन ?

खल्तीमा त एमालेकै सदस्यता छन् । खल्तिमा हात हाल्यो कि एमालेको सदस्यता छ । यता समाजवादीको नेता भनेको छ । मन्त्री हुँदासम्म मलाई त्यो कतै पनि देखाउन परेन । अहिले त एर्पोटमा देखाउनुपर्यो । कार्ड हाल्दा त्यही कार्ड आउँछ । मेरो त पार्टीको पनि सदस्यता छैन भन्ने लाग्यो । अनि मेरो त छैन अरु कस्को छ भन्ने प्रश्न आयो । पछि त्यो कुरा मैले पब्लिकल्ली उठाएँ । म्यासिभ्ली अहिले त बाँडिरहनुभएको छ । के गरिरहनुभएको छ भन्दा इनडोर काम पनि छैन । आउटडोर पनि । बिजी पनि छैन । संगठन पनि छैन । इनडोर पनि व्यस्तता, संगठन, नवीकरण केही पनि छैन । पार्टीलाई रिसोर्से पनि त्यही कलेक्ट हुन्छ । त्यो सन्दर्भमा कुरा गरेको थिए अहिले त प्राप्त छ ।

सस्यता नवीकरणको सवाल थियो

एमाले र हाम्रो पार्टी एउटै हुन्छ कि त । त्यति बेला गर्रौला नि । राजनीतिमा अनन्त सम्भावना कै कुरा हो । तर अहिले त सम्भावना के छ भन्ने के छैन भन्ने । अहिले मेरो व्यक्तिगत निर्णयको के अर्थ हुन्छ र । अहिले हाम्रो कारणले चुनाव गर्दा । एमालेले नि लुज गरेको छ ।

पार्टीको अध्यक्ष केपी ओलीसँग भेट्दा वामपन्थी मुभमेन्ट एक भएर जानुपर्छ भन्ने कुरा भएन ?

केपी शर्मा ओलीले त्यस्तो सिरिएस कुरै गर्नुहुन्न मसँग । गर्नुहुन्छ तर अहिले एजेन्डै छैन खासमा । मैले चुनाव हारे पछि भेटेँ उहाँलाई । मेरो पनि प्रतिक्रिया त्यस्तै थियो । उहाँको पनि प्रतिक्रिया त्यस्तै थियो । त्यसपछि अरु इस्युमा कुरा भयो । पार्टी एकताको खासै कुरा भएको छैन । अनौपचारिक भनेर सामान्य कुरा हुन्छ तर सिरियस कुरा हुँदैन ।

राष्ट्रपति निर्वाचनको सन्दर्वमा समाजवादीलाई राष्ट्रपति बनाउँ भन्ने कुरामा मैले अलिकति बल गरेको थिएँ । यो भएपछि राजनीतिको बाटो अलि फरक पर्छ भन्ने हिसाबले त्यतिबेला अलि राम्रै कुरा भएको थियो । परिस्थिति त म्याच्युड नै थियो । तर मैले एउटा ठाउँमा पुर्याएको भएपो एउटा इन्करेज हुन्थ्यो त । आफैंले गरेको कुरा एक ठाउँबाट ओके र अर्को ठाउँबाट नओके भएपछि कुरा मिलेन । त्यो कुरो अगाडी बढेन ।

भोलिको दिनमा केही गरी प्रचण्ड र शेरबहादुर देउवाले माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न दिएनन् भने अहिले नै राष्ट्रपति बन्नुपर्ने रैछ भनेर अनि समीक्षा हुने हो कि ?

अब यसमा भनेको संविधानको व्याख्या भयो । राजनीति अगाडी गयो भने दलहरुको विषयमा बुझाइ भयो भने यो इस्यु नै रहन्न । यही कुरा ठिक थियो जे भयो राम्रै भयो । अब यहाँबाट पनि के के त भइ नै रहँदो रहेछ । राप्रपा सरकारबाट बाहिरियो, रास्वपा बाहिरियो । अब यस्तै पोलिटिकल कारणले केही हँुदै गयो भने त त्यो मौका पनि थियो हाम्रो लागि । खासमा मैले त्यसलाई मौका भन्दा पनि करेक्सनको रुपमा लिएको थिएँ । किनभने पार्टी भनेको सामूहिक अभिव्यक्ति पनि हो । तर ती सामूहिक अभिव्यक्तिताहरुभित्र पनि व्यक्तिहरु हुन्छन् नि । व्यक्तित्वहरुको कारणले पनि त्यहाँभित्र समस्याहरु उत्पन्न हुने भएकोले त्यहाँ भित्रको एप्सेन्टेन्स पनि संस्थागत भयो भने एउटा ठाउँमा पुग्छ भन्ने लाग्थ्यो । गरेको आश त्यो पनि थियो तर भएन ।

तपाईले अभिव्यक्ति स्वतन्त्रताको मुद्धामा जे कारणले प्रहरी कस्टडीसम्म पुग्नुभयो । पछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीँसँग समीक्षमा बसेर फोटो खिच्ने अवसर प्राप्त भयो । तपाईलाई कस्तो लाग्यो त ?

मैले व्यक्तिगतरुपमा त्यो विषय लिएको थिइनँ । त्यो बेला पनि पोलिटिकल थियो । त्यो कुरा व्यक्तिगत थिएन । तपाईले भनेको जसरी मेरो मेमोरीमा किला गढेको छैन । मैले त्यो सर्कमस्टान्समा गरेको हो । मैले पहिलै भनिसकेँ व्यक्ति भनेको संस्था हो । अनि व्यक्तिले गर्ने निर्णय संस्थाष्गत भएपछि त्यसले गल्ती भयो भनेको हो । अनि त्यसको ग्रो कसरी गर्ने भन्ने कुराहरु हो ।

सामाजिक सञ्जालमा तपाईँलाई टेपकुमारी भनेर आलोचना गर्छन् । तपाईँले केही लेख्नुभयो भने पनि त्यही नाम लिए्र टिप्पण्ीहरु गरिरहेका हुन्छन् । पहिला बोल्न पाउनुपर्छ भन्नुभयो पछि आफै सरकारमा गएपछि बोल्नु भएन किन ?

यसमा राज्य भनेको दवाब दिने संस्था होइन । राज्य भनेको संस्था हो । त्यो लिगल हो, सामुहिक हो, भ्यालिड हो र अथोरिटी हो । राज्य भनेको झन् धेरै चिज हो । त्यसकारण त्यहाँ बोल्ने र यहा बोल्ने भूमिकाको आधारमा फरक फरक हो । त्यही भएर म मन्त्री भैसकेपछि र त्यहाँदेखि यता मैले सार्वजनिक स्थानमा गरिने, थोरै इन्फर्मेसनमा गरिने टिप्पणीहरु बन्द गरेको छु । यो मेरो एउटा सिकाइ हो । विद्याथी हुँदाको मुभमेन्टमा क्वीक प्रतिक्रिया दिन्थ्यौ । त्यो बेलामा त्यही चाहिएको थियो । तर अहिले कमेन्ट होइन अहिले त रचनात्मकरुपमा काम गर्ने बेला हो । अहिले मैले मन्त्रीहरुलाई यो हो भनेर सल्लाह दिन सक्छु । त्यसो भएकाले मेरो बोल्ने भूमिका फेरिएको हो । म नबोलेको होइन । स्वतन्त्रताको कुरामा सबै भन्दा धेरै त हामी नै लड्यौँ । त्यसले गर्दा रामकुमारी झाँक्री कहाँ छ भनेर भूमिकाको आधारमा खोज्दिनुपर्यो ।

रमाइलो चाहीँ विरोध गर्दा हुँदो रैछ कि पिर्कामा उभिएर सलाम खाँदा ?

मैले भनेको थिएँ । त्यसको कुनै स्पेस, त्यसको गेटअपसँग सम्बन्धित मलाई केही कुरा मलाई थाहा थियो । त्यो कुरा भनेको थिएँ मैले कुनै बेला । अनि फोनको लागि गफ गरिन्थ्यो । अहिले पनि फोनकै लागि चलाइराछु । अहिले पनि टिकटक, फेसबुक र इन्स्टा पनि चलाइराछु । यस्ता कुराहरु नबुझेर हो । अनि तुईनवाला मामिला पब्लिकको सहजताको लागि जहाँ पायो त्यहीँबाट गरेको छ । लिगल्ली अर्कोको भूमि हो । त्यो भूमिको कारणले उनीहरु प्यट्रोलिङमा परेको घटना हो । त्यस्तो इन हुमन व्यवहार गर्नु नहुने हो । तपाईँ पारिको म वारीको । तपाई हामी बिच सहमति भयो । हामीले अलिअलि पैसा लियौं । त्यो लिगल्ली थिएन । त्यहाँ हाम्रो देशको कनेक्सनले पनि होइन । अर्को देशको कनेक्सनले पनि होइन ।

जनता जनता बीचको सम्बन्ध छ । हाम्रोमा हाम्रो आर्मी, पुलिस छ भने नेपाली जनताले केही अपिल गरेर केही गर्न सक्छ । उनीहरुको त्यस्तो संवाद नै हुँदैन । त्यस्तो कन्डिसन थियो । त्यसमा हामीले डिप्लोम्याटिक नोटिस पठाएको छ । त्यसपछि छिमेकीलाई त्यो भनेर गाली गर्न पनि भएन । त्यो बोल्ने तपाईहरुले हो । तपाईहरुलाई बोल्न दिइएन भने त्यो गलत कुरा हो । कतिपय दुई देशको सम्बन्ध बिग्रिने कुरा हुन्छ । मैले म्यक्सिजम पढ्ने बेलामा चार वटा कुरामा बोल्न दिइन्न थियो ।

एउटा राज्यको नेशनल सेकुरीटीमा, एउटा नेशनल सेकुरीटीसँग जोडिएको नेपाल आर्मी र त्यसको इन्टिटिको कार्य क्षेत्रको बारेमा, अर्को राजतन्त्रसँग सम्बन्धित अर्को दुई देशको सम्बन्धको बीचमा र अर्को दुई देशको सुरक्षाको बीचमा यी कुराहरु त्यो लेख्न नपाउने भन्ने थियो । कतिपय कुराहरुमा बोल्न नपाए पनि दबाब दिइरहनुपर्छ । मिटर ब्याज आफैमा गैर कानूनी हो । दुई वटैले गैरकानूनी गरे । भिक्टिम जो हो त्यसलाई राज्यले संरक्षण गर्ने हो ।

भिक्टिम बनाउने राज्यकै मान्छे भए । उनीहरुले नै संरक्षण पाउने भए । पीडित त पीडित नै हुने भए नि ?

अहिले हेर्दा त त्यो मधेसका मामला भए । त्यस्ता मिटरब्याजीहरु उजुरी गर्न पनि आउन्नन् । उजुरी पनि कसैले सुनिदिन्न । त्यो पुरानो जमिनदारी को कुरा हुन् । पहाडतिर पनि हुन्थ्यो पहिला । पछिल्ला समयमा बैंकिङ सेवा आयो मान्छेहरुमा जनचेतना आउन थाल्यो । त्यसपछि सामन्तीहरुको बिजनेस घटेको हो ।

न्यायालयलाई पछिल्लो पटक हामी सञ्चारकर्मीहरुले हेर्दा दुरुपयोगको भूमिकामा राजनीतिक दलदेखि नेता, शीर्ष नेतासम्मको भूमिका रह्यो । यो भद्रगोलको स्थिति सुधारर्नुपर्ने जस्तो देखिदैन ?

न्यायालय हामीले दुई वटा कारणले संविधान बनाउने बेलामा बिगारेका छौं । एउटा क्याडरहरुलाई भन्दा बाहिरको लाई भर्ती गर्यो । सर्वाेच्च अदालतको अस्थायी न्यायाधीशहरुलाई स्थायी नगरेर । त्यो विगतमा गरेको गल्ती हो । मैले सम्माननीयज्यूहरुलाई लक्षित गरेको होइन । जो कमजोर छन तिनीहरुप्रति हो । त्यो बिगारेपछि पाएका मान्छेहरुले गल्ती गर्ने भए । हामीले २०७० को चुनाव गराउने बेलामा जब प्रधानन्यायाधीशलाई मन्त्री परिषद्को अध्यक्ष बनायौं । त्यो ब्लन्डर थियो । त्यहाँबाट राजनीतिमा अदालत, अदालतमा राजनीति प्रवेश गरायौं । त्यो दोहोरो बाटो बन्यो । त्यो प्रवेश गरिसकेपछि बदलाको ठाउँमा गयो । एकले अर्कोलाई प्रयोग गरियो । अनि बदला पनि लिइयो । चिफजस्टिसलाई ल्याएको हामीले कहिल्यै जस्टिफाई गर्न सक्दैनौँ । नेपाली राजनीतिमा यो अनुत्तरित प्रश्न थिए । यद्यपि त्यो महाअभियोगमा मेरो सिग्नेचर थिएन । तत्कालीन प्रधानन्यायधीशलाई महाअभियोग के कारणले लाइयो । त्यसको जवाफ नेपाली राजनीतिले दिनुपर्दैन र ? दिनुपर्छ होला नि त । फेरी प्रधानन्यायाधीशलाई ल्याएर प्रधानमन्त्री बनायौं । त्यसको जवाफ राजनीतिमा दिनुपर्ने होइन र ? अदालतले संसद स्थापनासँग सम्बन्धित गरेका फैसलाहरुको व्याख्या दमदार छ । त्यसमा कसैले पनि प्रश्न गर्दैन । त्यो बापत तपाईले सिफारिस गरेको मान्छेलाई मैले अर्को केही बनाई दिने लेनदेन भयो नि त । यस्ता चिजको जवाफ समय क्रममा दिनुपर्छ । त्यो निवाचनमा उठ्ने कुरा भएन । मैले यो प्रश्न प्राज्ञिक छलफलमा गर्छु ।

सहरी विकास मन्त्री भएर तपाईँ बाहिरिनु भयो । धेरैजसो कर्मचारीले राजनीतिक नेतृत्वलाई र राजनीतिक नेतृत्वले कर्मचारीलाई दोष दिने परिपाटी छ । कर्मचरीले धेरैजसो काममा राजनीतिक नेतृत्वलाई गुमराहमा राखिदिन्छन् भन्ने छ । यो भ्रम र सत्य के हो ?

मेरो हकमा यो पुरै मिथ हो । म जति दिन बसेँ, आठ महिना बीस दिन फुल्ली विश्वासका साथ, टिम ओर्कमा, मेरो प्लानिङमा, मेरो सोचमा मेरो काम गर्ने नीति, प्रकृया सर्बै राम्रो भएर बसेँ । गरेका अभ्यास र ती गरेका नयाँ करेक्सनहरु रिफर्मका साथ काम गरेर बसेँ । मेरो स्वकीय सचिवदेखि तल अफिसरसम्मका मान्छेहरु मेरो टिमवर्कमा सँगै थियौँ । सबै जनाको टिम बनाएर काम गरेँ । मलाई उहाँहरुले कुनै दिन पनि गलत इन्फर्मेसन दिनुभएन । उहाँहरुले मलाई अविश्वास पनि गर्नु भएन । मैले गरेको सबै कुराहरु उहाँहरुको अगाडि नै थियो । उहाहरुले गरेको कामको मलाई नलेज पनि भयो । मैले बाहिर पनि त्यतिकै सपोर्ट पाएँ । सहरी विकासअन्तर्गत भौतिक विकास थियो ।

आठ, नौ ओटा मन्त्रालयको सचिवहरु सहसचिवहरु सदस्य हुनु हुन्थ्यो । उहाँहरुले मेरो प्लानमा पुरा सपोर्ट गर्नुभयो । कतिपय क्याविनेटबाट लाने प्रश्नहरु त्यो मन्त्रालयले कुन निर्णय गराउनलाई के कामका लागि गर्न खोजेको त्यसको ल्याङवेजसमेत मलाई सोध्नुहुन्थ्यो । म गजक्क परेर मन्त्री हुँ भनेर बसिनँ । कर्मचारी साथी भाइको कोठाकोठै पनि पुगेँ । म त अदालत पनि गएँ । अदालतमा पनि मुद्दा हुन्थ्यो । समन्वय अधिक नै गरेँ । मलाई आर्मीको जर्जसावहरु आएर पहिला पहिला हाम्रोमा रक्षामन्त्रीहरु र राष्ट्रपतिज्यूहरु मात्र आउँथे जस्तो लाग्थो अहिले त सहरी विकासमन्त्री पनि आउन थाल्नुभयो भनेर ।

आज त मेरो मन्त्रालय शहरी विकास मन्त्रालय जस्तो लाग्यो भनेर उहाँहरुले मेरो मन्त्रालयको हलमा आएर भन्नुहुन्यो । ट्राफिक पुलिस आएर अबको समस्या भनेको ट्राफिक हो । बाटो हामीले बनाउने हो व्यवस्थापन गर्दा उहाँहरु सँग समन्यव गर्नुपर्यो भन्नुहुन्थ्यो । मेरो कार्यकालमा एक हिसाबले आर्मीको ब्यारेक बनाउने, पुलिसको ब्यारेक बनाउने, कारागार बनाउनेदेखि लिएर सबै काम गरेर बित्यो । त्यसकारण यो चाहीँ मेरो मन्त्रालय रहेछ भन्ने फिल गर्नुभयो उहाँहरुले । यसमा मलाई अलिकति पनि समस्या भएन । त्यो समयमा बिल्डिङहरु भयो, अदालतका भवनका कुरा भयो , भिभिआइपीको आवासको कुराहरु भयो । सबैसँग मेरो त्यत्तिकै राम्रो भयो ।

नेपालका शीर्ष नेताहरु उहाँहरुले आफ्नै विवेकले निर्णय गर्ने दिन कहिले आउँछ नेपालमा ?

उहाँहरुले निर्णय त गर्नु हुन्छ तर निर्णय भन्दा अगाडी उहाँहरुले कि त उहाँहरुसँग एकदमै पुरानो इन्फरमेसन छ । अनि अपडेट हुनुहुन्न कि इन्फरमेसन नै छैन । सबै भन्दा यो माईक्रोम्यानेजमेन्ट मा हस्ताक्षेप भन्ने नभएको कालखण्ड हो । राजनीतिमा माईक्रो म्यानेजमेन्ट हुन्छ भन्ने मैले पनि सुनेको हो । तर यो नभएको पिरियड हो । यसमा कुनै पनि इस्युमा त्यस्तो भए पस्तो मलाई लाग्दैन । मैले त्यो खालको संवेदनशील विभागमा काम नगरेर हो कि मलाई त्यो इन्फरमेसन भएन । मेरो पनि इन्ट्रेस्ट नराख्ने ठाउँ थिएन । ठाउँहरु थियो । प्रधानमन्त्रीसँग पनि काम गरेँ । उहाँले पनि त्यस्तो भएको कुरा गर्नु भएन । अघिल्लोमा त एमालेको नेतृत्व लगभग बहुमत नेकपा नबन्दै पनि दुईटाको हुन्थ्यो । एक खालको स्थिरतातिर हामी गएको थियौं । अब यो कालखण्ड फेरी हुने जस्तो देखिएको छ । प्रस्तुतिः सृजना खड्का

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार १३:५८