१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

महेश बस्नेत निकटका पूर्वमन्त्री उमाशंकर अरगरियाले छाडे एमाले

१० जेठ, काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य उमाशंकर अरगरियाले पार्टी परित्याग गरेका छन । पार्टीमा गुटबन्दी धेरै भएको र गुनासो सुनावाइ नभएको भन्दै उनले पार्टी परित्यागग गरेका हुन । पूर्वमन्त्री समेत रहेका अरगरिया महेश बस्नेत निकट नेता मानिन्थे । उनले धनुषा २ बाट प्रतिनिधिसभामा एमालेको तर्फबाट प्रतिस्पर्धा गरेका थिए । केही समय अघिमात्र उनी बस्नेतको अगुवाइमा एमाले प्रवेश गरेका थिए ।

उनले दिएको राजीनामाको विवरण यस्तो छ

कमरेड अध्यक्षज्यू नेकपा (एमाले)
बिषय : राजीनामा गरीएको सम्बन्धमा ।
कमरेड अध्यक्षज्यू,
उपरोक सम्बन्धमा नेकपा (एमाले) मा प्रवेश गरेको निकै बर्ष हुन लाग्दा पनि आज सम्म हामी सगँ आएका साथीहरुको समायोजन हुन सकेको छैन र आजसम्म म सङ आएका साथीहरु कमिटि बिहिन छ । सगंठन सुद्धीकरण हुनु पर्नेमा पार्टी भित्र पटक पटक पार्टीको अधिकारीक उम्मेदवारलाई हराउनेहरु यो पार्टीमा दण्डीत गर्नुको सट्टा उल्टै पुरुषकृत गर्ने परम्परा देखेको छु । पटक पटक जिल्लाको नेतृत्व बाट अपमानित हुने, लगनशिल तथा ईमान्दार कार्यकर्ताहरु अपहेलित हुने र पार्टी बिरुद्द लाग्नेहरु नै सम्मानित हुने प्रबृत्तिले आजित भएको छु । यि सबै कुराहरु पटक पटक केन्द्रमा जानकारी गराउदा पनि कुनै किसिमको पहल नहुदा आज बाट म यो पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको छु । उमाशंकर अरगरिया

प्रकाशित मिति : May 24, 2026 at 7:10 pm