के महेश बस्नेत सिकन्दर हुन ?
१० जेठ, काठमाडाैँ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटा र महेश बस्नेत समयसमयमा आमनेसामन्ने हुने गरेका छन । दुबै एमालेका तर्फबाट पूर्वमन्त्री समेत भएका नेता हुन । महेश चुनाव नै नजिति मन्त्री भएका थिए भने गोकुल चुनाव जितेपछि मन्त्री भएका थिए ।
पछिल्लो समय दुई नेताले एक अर्काका बारेमा कटाक्ष गरिरहेका छन । जनबोली मिडिया मार्फत शनिबार गोकुलको बारेमा महेशको टिप्पणी सार्वजनिक भएपछि गोकुलले आइतबार त्यसको जवाफ सामाजिक सञ्जाल मार्फत फर्काएका छन ।

बास्कोटाले जवाफ फर्काउने क्रममा के महेश बस्नेत सिकन्दर हुन ? भन्ने प्रश्न समेत गरेका छन । गोकुलले एक्समा लेखेका छन, ‘फेरि झुठ, फेरि वक्वास । हाय ! एउटा झुठ छोप्न हजार झुठको पहाड कति खडा गर्न सकेको ? गर गर अझै गर -म पनि धैर्यतापुर्वक फण्डा मास्टरहरुको सफलताको तिलस्मी विजय गाथाहरु पढ्न प्रतिक्षारत छु, जुनीभर ।’
त्यसअघि बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चुनाव जित्दैनन् भनेर आफूले रिपोर्टिङ गरेको र फिल्डको अवस्था त्यस्तै रहेको दाबी गरेका थिए । गोकुलले त्यसैमाथि टिप्पणी गर्दै झुट माथि झुटको पहाड बनाउन चेतावनी समेत दिएका छन ।

प्रकाशित मिति : May 24, 2026 at 12:50 pm









