गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने
११ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । सो समारोहलाई सम्बोधनका लागि प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रहसहित पत्र लेखेर पठाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उक्त पत्र राष्ट्रपतिको कार्यालयमा पुगिसकेको छ। संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिलाई सम्बोधन गर्न भनी पत्राचार गरिएको छ ।
विगतका वर्षहरूमा गणतन्त्र दिवसका अवसरमा सरकार प्रमुखका हैसियतले प्रधानमन्त्रीले नै विशेष सम्बोधन गर्ने स्थापित परम्परा र अभ्यास रहँदै आएको थियो। तर, यसपटक प्रधानमन्त्री बालेनले उक्त मञ्चमा आफू नबोल्ने गरी राष्ट्रपतिलाई अघि सारेका हुन्।
प्रकाशित मिति : May 25, 2026 at 1:38 pm









