१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

महालक्ष्मी विकास बैंकले १ अर्बको ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

१४ चैत, काठमाडाैं । महालक्ष्मी विकास बैंकले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ। बैंकले ‘महालक्ष्मी डिबेन्चेर २०८९’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको हो। बैंकले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । बैंकले १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशनका लागि बैंकले अनुमति पाएको हो ।

धितोपत्र बोर्डको अनुमतिसँगै अब महालक्ष्मी विकास बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ बिक्री खुला गर्नेछ। जसमा बैंकले ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ४ लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ। महालक्ष्मी विकास बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार ०९:५०