९ प्रतिशतले घट्यो सीईडीबी होल्डिङ्सको नाफा, ईपीएस कति ?
३० कात्तिक, काठमाडौं । सीईडीबी होल्डिङ्स लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १४ करोड ४९ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ५ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको खुद नाफा करिब ९.७५ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १७ करोड ४५ लाख २१ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी १७ करोड ६६ लाख ९४ हजार रुपैयाँ थियो।
यद्यपि कम्पनीको अन्य आम्दानी बढेर ९ लाख ६५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा अन्य आम्दानी ५ लाख २३ हजार रुपैयाँ थियो।
कम्पनीको कुल आम्दानी १७ करोड ४५ लाख ३० हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी १७ करोड ६९ लाख ४१ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको करअघिको नाफा १४ करोड ९२ लाख १४ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा १६ करोड २३ लाख ८१ हजार रुपैयाँ थियो।
कम्पनीको चुक्तापूँजी १ अर्ब ३ करोड ४२ लाख ३७ हजार रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चित नाफा २ अर्ब ३१ करोड ४६ लाख ७७ हजार रुपैयाँ पुगेको छ।
प्रकाशित मिति : November 16, 2026 at 2:39 pm










