२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

बैंक तथा वित्तीय संस्थामा १ अर्ब ९३ करोड लगानी गर्दै राष्ट्र बैंक

१३ चैत, काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा विभिन्न कोषमा रहेको करिब २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले कुल १ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको हो।

राष्ट्र बैंकले लगानी गर्ने कुल रकममध्ये १ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ वाणिज्य बैंकमा, २९ करोड ४ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र ९ करोड ६८ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा लगानी गरिने जनाएको छ।

यो रकम मुद्दति निक्षेपका रुपमा २०८० वैशाख ३ गतेदेखि २०८१ वैशाख २ गतेसम्म ३६५ दिनका लागि लगानी गरिने राष्ट्र बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आफुले लिन चाहेको रकम खुलाई चैत १६ गते राति १२ बजेसम्म अनलाइनमार्फत ब्याज प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

प्रकाशित मिति : March 27, 2023 at 4:49 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/