१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

१११५ रुपैयाँमा नेशनल माइक्रोफाइनान्सको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

१२ चैत, काठमाडाैं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले संस्थापक सेयरधनी नरेश नेपालको नाममा रहेकाे १३ हजार ४२० कित्ता, शंकर गिरीको नाममा रहेकाे ६ हजार ३३५ कित्ता र गंगालक्ष्मी अवालको नाममा रहेकाे १ हजार ५०० कित्ता गरी २१ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे हाे ।

बिक्रीमा राखिएको साे सेयरकाे न्यूनतम मूल्य १ हजार ११५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन पेस गर्नुपर्नेछ। उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीसँगै सर्वसाधारणहरुले पनि सूचना प्रकाशन भएकाे मितिले १५ दिनभित्र कम्पनीकाे धादिङको धादिङबेसीस्थित केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : March 26, 2023 at 1:33 pm