२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

डिप्रोक्स लघुवित्तको ६३ हजार ५२० कित्ता संस्थापक सेयर बिक्रीमा

१९ कात्तिक, काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ६३ हजार ५२० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। संस्थाका संस्थापक सेयरधनी विष्णुप्रसाद न्यौपानेले आफ्नो नाममा रहेको ६३ हजार ५२० कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि संस्थाले उक्त सेयर बिक्री प्रक्रिया अघि बढाएको हो।

संस्थाले बिक्री गर्न लागिएको संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात तथा प्रमाण संलग्न गरी आवेदन दिनुपर्नेछ। साथै, तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि लिखित जानकारी प्राप्त नभएमा अन्य व्यक्तिलाई संस्थापक समूहमा रहने गरी उक्त सेयर बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।

प्रकाशित मिति : November 5, 2026 at 9:06 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/