७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नेष्डो समृद्ध लघुवित्तले घोषणा गर्याे बम्पर लाभांश, बाेनस र नगद कति ?

१२ चैत, काठमाडाैं । नेष्डो समृद्ध लघुवित्तले सेयरधनीका लागि बम्पर लाभांश घोषणा गरेको छ। कम्पनीको चैत्र ९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ का हाल कायम रहेको चुक्तापुँजीकाे ५० प्रतिशत बोनस सेयर , २० प्रतिशत नगद लाभांश, र कर प्रयोजनको लागि ३.६८४२ गरि कुल ७३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीकाे आगामी चौथो वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।

प्रकाशित मिति : March 26, 2023 at 10:30 am