एकै पटक चुनाव खर्च उठाउन खोज्दा विदुरका मेयर राजनलाल श्रेष्ठ अख्तियारको फन्दामा
२२ मंसिर, नुवाकोट । स्थानीय चुनावअघि नेपाली कांग्रेसभित्रै महंगो मूल्यमा पार्टीको टिकट खरिद गरेर मेयरको चुनाव लडेको चर्चा चलेका विदुर नगरपालिकाका मेयर राजनलाल श्रेष्ठ अख्तियारको नजरमा परेका छन । एकै पटक चुनाव खर्च उठाउन खोज्दा उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा परेका हुन ।
विदुर नगरपालिका वडा नम्बर ५ र २ को सीमामा पर्ने वर्डस्टोन क्रसरमार्फत उनले चुनाव खर्च उठाउने कोशिश गरेका हुन । नुवाकोटमा क्रियाशिल रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरूले महिना असुली गरेर संरक्षण गर्दै आएको उक्त क्रसरले यसअघि पनि सडक आयोजनामा नाममा प्राकृतिक स्रोतको अबैध दोहन गर्दै गिटी र बालुवाको तस्करी गरेको थियो ।
उक्त क्रसरमा कागजमा देखिने सञ्चालकको रूपमा विनोद श्रेष्ठ, सञ्जिव श्रेष्ठ, प्रकाश अधिकारी, राजाराम अधिकारी, पवन नेपाल र सुन्दर दुलाल रहेका छन । मेयर श्रेष्ठ तीनै व्यक्ति हुन जसले वैशाख ३० मा सम्पन्न भएको स्थानीय चुनावमा नेपाली कांग्रेसको आधाकारिक उम्मेदवार बन्न कांग्रेस निकटकै एक व्यवसायी मार्फत एक नेतालाई तीन करोड बुझाएको सार्वजनिक भएको थियो । उक्त विषयमा व्यापक टिकाटिप्पणी भए पनि सात महिनासम्म श्रेष्ठले कुनै पनि किसिमले उक्त आरोपको खण्डन गरेका छैनन् ।
यो पनि पढ्नुहोस्
तादीमा फेरि पनि तस्करको गिद्दे नजर, सर्वोच्चको आदेशविपरित महत लगायतको क्रसरलाई अबैध अनुमति
नुवाकोटका अबैध क्रसर उद्योगको विद्युत काटियो, गाउँपालिका अध्यक्षलाई प्रश्न गर्ने पत्रकार कुटिए
राजनीतिक आडमा सर्वोच्चको आदेश धोति लगाउने नुवाकोटका पाँच क्रसर सिल
वर्ड स्टोनमात्र हैन अबैध रूपमा चलेका नुवाकोटका सबै क्रसर बन्द हुन्छनः प्रजिअ ढकाल
हिरानाथजी तपाईं क्रसर व्यवसायीको प्रवक्ता कि नेकपा अध्यक्ष ? (भिडियोसहित)
नुवाकोटमा गैरकानुनी रूपमा सञ्चालित क्रसर बन्द, राजनीतिक गुण्डागर्दी अन्त्य गर्न माग
क्रसर सञ्चालनका लागि अदालतको आदेशसँग स्थानीय तहको कुनै सरोकार हुँदैनः अध्यक्ष खतिवडा
नुवाकोटको अबैध उत्खनन् प्रकरणः अदालतको आदेश सबैले मान्नुपर्ने नेताहरूको निष्कर्ष
विदुर नगरपालिकाले प्राकृतिक स्रोतको अबैध उत्खननका लागि गैर कानुनी ढंगले अनुमति दिएपछि यो विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरू गरेको छ । अबैध रुपमा खोलामा मेसिन लगाउन र प्राकृतिक श्रोत साधनका दोहन गर्न लिखित अनुमति दिएपछि अख्तियारले जिल्ला प्रशासन कार्यालय नुवाकोटको सहयोगमा छुट्टै र आफैँ पनि अनुसन्धान अघि बढाएको छ ।
मेयर श्रेष्ठले वर्डस्टोन क्रसर उद्योग प्रालिलाई ३१ दिन खोलामा मेसिन लगाएर नदीजन्य सामाग्री संकलनको अनुमती दिएका श्रेष्ठको विरुद्धमा आयोगमा उजुरी परेको थियो । आयोगले उक्त कार्यको छानविन गरी तत्कालै प्रतिवेदन तयार गरी पठाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई पत्राचार गरिसकेको छ भने प्रशासनले पनि अनुसन्धान अघि बढाएको छ । अख्तियारको पत्र मेयर श्रेष्ठलाइ पनि दिइएको छ ।
छानविनका लागि गठन भएको समितिले विदुर नगरपालिकाले कुन आधारमा नदी खन्न दिएको र मापदण्ड भित्र रहेरनरहेको विस्तृतमा अनुसन्धान गरिरहेको छ । उक्त अनुसन्धानको प्रतिवेदन अख्तियारमा पुगेपछि आयोगले मेयरसहितका उक्त काममा संलग्न अधिकारीको विरूद्धमा भ्रष्टाचारको मुद्दा अघि बढाउने छ ।
अनुसन्धानकै क्रममा वर्ड स्टोन त्रलसरि उद्योगको आधिकारी कागजपत्र समेत जिल्ला प्रशासन कार्यालयमा झिकाइएको छ । स्रोतका अनुसार वर्डस्टोनको सञ्चालन नै अबैध रहेको छ । राजनीतिक दलका नेता र प्रहरी र प्रशासनमा नजरना बुझाएर सेटिङमा क्रसरका नाममा तादी नदीको गिटी बालुवा तस्करी हुने गरेको स्थानीयले बताएका छन । यस विषयमा विदुरका मेयर श्रेष्ठसँग प्रतिक्रिया लिन पटक पटक सम्पर्क गर्दा पनि फोन उठेन ।
प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार १७:३२












