६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

हिरानाथजी तपाईं क्रसर व्यवसायीको प्रवक्ता कि नेकपा अध्यक्ष ? (भिडियोसहित)


१९ असोज, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटका सचिवालय सदस्य नारायण घिमिरेले पार्टी अध्यक्ष हिरानाथ खतिवडा अबैध क्रसरवालाहरूको प्रवक्ता जस्तो बनेर हिडेँको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । दैनिकीसँग कुरा गर्दै सचिवालय सदस्य घिमिरेले पार्टी अध्यक्ष खतिवडाले पार्टी नीति विपरित अबैध क्रसरको पवक्ता बनेर बिधी वपरितको काम गरेको बताउनुभयो ।

अध्यक्ष खतिवडाले वर्ड स्टोन लगायतका प्रशासनले बन्द गराएका अबैध क्रसरको बारेमा चर्को रूपमा वकालत गर्दै आउनुभएको छ । क्रसर व्यवसायी भन्दा तीन स्टेप अघि बढेर अध्यक्ष खतिवडाले प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल र जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको बारेमा जिल्ला समन्वय समितिको बैठकमा धम्कीपूर्ण भाषण समेत गर्नुभएको थियो ।

सचिवालय सदस्य घिमिरेले अबैध क्रसरहरूले खोला र नदी गहिरो बनाइदिँदा खेतीयोग्य जमिनहरू विस्तारै मरूभूमिकरण भैरहेको भन्दै यस्तो काममा नेकपाकै अध्यक्षले संरक्षण दिनु गलत भएको बताउनुभयो । उहाँले आफूहरू उद्योग व्यवसायको विपक्षमा नरहेको तर सरकारले तय गरेको मापदण्ड सबैले पालना गर्नुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सर्वोच्च अदालतको आदेश बमोजिम अबैध क्रसरहरू शिल गरेर बिजुलीको लाइन काटिएिएपछि विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ र सांसद समे रहेका नेकपा अध्यक्ष खतिवडा चरम असन्तुष्ट बनेका छन । पण्डित र खतिवडा अर्का संघीय सांसद नारायण प्रसाद खतिवडासँगै प्रमुख जिल्ला अधिकारीको सरूवा गराउने भन्दै शक्तिको केन्द्रको दैलो चाहर्न समेत पुगेको नेकपाकै नेताहरूले बताएका छन ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार १२:३६