१५ जेष्ठ २०८१, मंगलवार | Tue May 28 2024

नुवाकोटका अबैध क्रसर उद्योगको विद्युत काटियो, गाउँपालिका अध्यक्षलाई प्रश्न गर्ने पत्रकार कुटिए


-प्रतिमा ढुंगाना 

७ असोज, काठमाडाैँ । अबैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योगमा जिल्ला प्रशासन कार्यालय नुवाकोटको निर्देशनमा विद्युत प्राधिकरणले विद्युत लाइन काटिदिएको छ । मंगलबार प्राधिकरणले अबैध रूपमा सञ्चालनमा रहेर प्रशासनले सिल गरेका पाँच उद्योगको लाइन काटेको हो । प्रशासनले उद्योग सिल गर्नु अघिकै निर्णय अनुसार प्राधिकरणले लाइन काटेको जनाएको छ ।

असोज ५ गते सोमबार जिल्ला समन्वय समितिको प्रमुख सन्तमान तमाङ भएको स्थानीय तहका प्रमुखरउपप्रमुखहरूको भेलामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको विरूद्धमा आक्रोश पोखेको थियो । सम्बन्धित स्थानीयत तहका प्रमुख र जिल्ला समन्वय प्रमुखले अबैध रूपमा चलेका क्रसरबाट ५० हजारदेखि २ लाखसम्म मासिक बुझ्ने गरेको आरोप लागिरहेको सन्दर्भमा सोही उद्योगहरू बन्द भएपछि ती स्थानीय तहका प्रमुख र प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको विरूद्धमा दिएको अभिव्यक्ति र देखाएको व्यवहारले उक्त आरोप थप पुष्टि गरेको छ ।

जिल्ला समन्वय बैठकको नाममा जनप्रतिनिधले गरेको माइन्युट ।

कतिसम्म भने विदुर नगरपालिका प्रमुख सञ्जु पण्डितले त आदालदेखि देशका प्रधानमन्त्रीको विरूद्धमा समेत धावा बोले । स्थानीय तहहरूको मैमत्ता प्रवृति बढीरहेको आम गुनासोको बीचमा जनप्रतिनिधिले देखाएको व्यवहारले त्यसलाइ पनि पुष्टि गर्दै लगेको छ । स्थानीय स्तरमा विकासको काम गर्न र जनतालाइ सुविधा दिन भन्दा पनि कुन बाटोबाट बढी कमाइहुन्छ भनेर जनप्रतिनिधिहरू अघि बढिरहेको देखिन्छ ।

जिल्ला समन्वय समितिको सोही बैठकबाट नदीजन्य तथा खानीजन्य स्रोतहरूको उत्खनन् र ओसारपसार गर्न चाहने व्यक्ति वा फर्मलाइ स्थानीय तहले कानुन बमोजित उत्खनन् र ओसारपसारको व्यवस्था मिलाउने निर्णय गरेको छ । त्यसका निम्ति स्थायनीय तहले अनुमति दिनुपूर्व वातावरणीय अध्ययन प्रतिवेदन तयार गरीको सो बमोजिम मात्र अनुमति दिनुपर्ने ।

कुटपिटबाट घाइते पत्रकार शिव देवकोट ।

अहिले अबैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योगहरूले खोला किनारमा थुपारेका सामग्री स्थानीय तहले प्रचलित कानुन अनुसार लिलाम गर्ने वा शुल्क लिएर सोही उद्योगलाइ ओसारपसारको अनुमति दिने र उद्योग सञ्चालनका लागि स्थानीय तहले सहजिकरण गर्ने निर्णग गरेका छन । सर्वोच्च अदालतमा बिचाराधिन अवस्थामा रहेको मुद्दाको विषयमा नुवाकोटका स्थानीय तहका जनप्रतिनिधले दिएको अभिव्यक्ति र गरेको व्यवहारले कानुनी राज्यको उपाहास गरेको छ ।

जिल्ला समयन्य बैठकमा जनप्रतिनिधिले नदी दोहन गर्ने निर्णयको बिरोध गर्ने एक जना पत्रकार ढाडै भाँचिने गरी कुटिएका छन । दुइ दशक भन्दा बढी समयदेखि नुवाकोटमा पत्रकारिता गरिरहेका शिव देवकोटा कुटिएका हुन । उनको हाल काठमाडाैँको धापासीमा रहेको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार भैरहेको छ । देवकोटा माथि कुटपिट गर्ने पत्रकार र जनप्रतिनिधि रहेको भन्दै प्रेस युनियन नुवाकोटले घटनाको निष्पक्ष छानविन गरी कारबाही गर्न माग गरेको छ ।

प्रेस युनियनले  पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, सचिव जगदिश खनाल, सदस्य सुजित भण्डारी र तादी गाउँपालिकाका अध्यक्ष नारायण पाण्डेको नामै लिएर कारबाहीको माग गरेको छ । पाण्डेलाइ प्रश्न सोधेको निहुँमा कुटिएको पीडित पत्रकार देवकोटाले बताएका छन । कुटपिटको विषयमा जिल्ला प्रहरी कार्यालय नुवाकोटमा किटानी जाहेरी समेत परेको छ ।

यो पनि पढ्नुहोस्

राजनीतिक आडमा सर्वोच्चको आदेश धोति लगाउने नुवाकोटका पाँच क्रसर सिल

नुवाकोटमा गैरकानुनी रूपमा सञ्चालित क्रसर बन्द, राजनीतिक गुण्डागर्दी अन्त्य गर्न माग

क्रसर सञ्चालनका लागि अदालतको आदेशसँग स्थानीय तहको कुनै सरोकार हुँदैनः अध्यक्ष खतिवडा

नुवाकोटको अबैध उत्खनन् प्रकरणः अदालतको आदेश सबैले मान्नुपर्ने नेताहरूको निष्कर्ष

वर्ड स्टोनमात्र हैन अबैध रूपमा चलेका नुवाकोटका सबै क्रसर बन्द हुन्छनः प्रजिअ ढकाल

नुवाकोटका खोला तस्करको कब्जामा, जनप्रतिनिधिको सेटिङमा सर्वोच्चको आदेश धोति लगाए

-‘तस्करहरूको स्वर्ग बनिरहेको छ नुवाकोट, सचेत युवा मुखमा सुपर ग्लु लगाएर नबस’

नुवाकोटकाे बेलकोटगढीमा अवैध रुपमा बालुवा उत्खनन् गर्ने ११ सवारी साधन नियन्त्रणमा

-नुवाकोटमा नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न गाडी नियन्त्रणमा

खोलामा डोजरको रजाइँ चल्दा सिंचाइ योग्य जमिन मरूभूमि बन्दै, नियन्त्रणमा निरीह प्रशासन

सम्मानित सर्बोच्च अदालतको आदेश अनुरुप नुवाकोट जिल्लाको तादी र त्रिशुली नदीको किनारमा रहेको क्रसर उद्योगहरु प्रचलित कानुन र मापदण्ड अनुरुप सञ्चालन नभएको पाइएकाले बन्द गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए । असोज २ गते एक उद्योग बन्द गराएको प्रशासनले आइतबार अन्य चार उद्योग पनि बन्द गराएको छ ।

विभिन्न आयोजनाका नाममा अनुमति लिएर अर्कै प्रयोजनमा नदीको दोहन गरीरहेका त्यस्ता उद्योगमा सिल गरिएको हो । बन्द गरिएका सबै उद्योग मापदण्ड विपरित रहेको प्रहरीले जनाएको छ । बन्द गरिएका क्रसर उद्योगहरूमा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाको संरक्षण तथा नेपाली कांग्रेसका नेता रमेश महतको प्रमुख लगानीमा सञ्चालनमा रहेको विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको वर्डस्टोन क्रसर उद्योग असोज २ गते नै बन्द भएको थियो ।

आइतबार प्रशासन र प्रहरीको टोलीले लिखु गाउँपालिका वडा नम्बर ४ मा रहेको क्षेत्रपाल क्रसर उद्योग, तादी गाउँपालिका वडा नम्बर १ मा रहेको सूर्य कुण्ड रोडा ढुङ्गा उद्योग, तादी गाउँपालिका वडा नम्बर ३ मा रहेको दुप्चेश्वर रोडा ढुङ्गा उद्योग, पंञ्चकन्या गाउँपालिका वडा नम्बर २ मा रहेको नेशनल लाईभ ‍एण्ड स्टोन कम्पनी रहेका छन । नुवाकोटमा अबैध रूपमा क्रसर उद्योगहरू चलिरहेको नदी जन्य सामग्रीको तस्करी भैरहेको बारेमा दैनिकीले निरन्तर फलोअप समाचार प्रकाशित गर्दै आएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार १०:०९