५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

कुमारी बैंकले सार्वजनिक गर्‍यो ‘मुद्दती खाता खोल्दा निःशुल्क जीवन बीमा’ योजना

८ कार्तिक, काठमाडौं । कुमारी बैंकले जीवन बीमा सुविधा सहितको कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बीमा सुविधा निःशुल्क प्रदान गर्ने छ । ग्राहकहरुले मुद्दती रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बीमा मार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।

यस योजनामा १८ देखि ५० वर्ष उमेर समुहका ग्राहकले न्यूनतम ५० हजारदेखिको मुद्दती खाता खोल्न सक्नेछन् । मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैया सम्मको जीवन बीमा सुविधा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले निक्षेप अवधिसम्मका लागि जीवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोही अवधिमा मुद्दती रकममा दुई देखि १० गुणासम्म प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनी रहेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलवार १०:३१