टिकट नपाउँदा एमाले छाडेका घनश्याम भुसाल परमादेशी गठबन्धनको साझा उम्मेदवार
२३ असोज, रूपन्देही । नेकपा एमालेकाले टिकट नदिएपछि पार्टी परित्याग गरेका घनश्याम भूसाल रूपन्देही १ बाट परमादेशी सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुने भएका छन । उनले स्वतन्त्र उम्मेदवारी दिने र त्यसमा गठबन्धनका दलहरूले सहयोग गर्ने सहमति भएको छ ।
भुसाललाई माओवादी केन्द्रले चिन्ह दिने तयारी गरेको भए पनि तत्कालका लागि आफूलाई अफ्ठेरो पर्ने भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिने र त्यसमा सहयोग गर्न अनुरोध गरेका थिए । सोही अनुसार भुसालले उम्मेदवारी दिने क्षेत्रमा एमालेबाहेकका दलको उम्मेदवारी नुहने भएको छ। आइतबार बिहान पत्रकार सम्मेलन गर्दै भुसालले आफ्नो उम्मेदवारी बारे जानकारी दिएका छन ।
प्रकाशित मिति : 10:01









