गगनले छाड्न नमानेपछि काठमाडाैँमा स्वर्णिमको व्यवस्थापन भएन
२२ असोज, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँ ४ छाड्न नमानेपछि राष्ट्रिय योजना आयोगका पूर्वा उपाध्यक्ष स्वर्णिम वाग्लेको काठमाडौँमा गर्न खोजिएको व्यवस्थापन रोकिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले नै आफू पनि दबाबमा रहेको काठमाडौँ ४ मा स्वर्णिमलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । तर गगनले उक्त प्रस्ताव अस्वीकार गरेका छन ।
कांग्रेसले काठमाडौँमा ६ क्षेत्रका लागि उम्मेदवार तय गरेको छ । शनिबार मध्यरातमा कांग्रेस बैठकले उम्मेदवार तय गरेको हो । कांग्रेस संसदीय बोर्डको जारी बैठकले टुंग्याएको काठमाडौँको उम्मेदवारहरूमा १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ मा गगनकुमार थापा, ५ मा प्रदीप पौडेल, ६ मा भिमसेनदास प्रधान र १० मा राजेन्द्रकुमार केसी रहेका छन ।
प्रकाशित मिति : 22:44









