२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

एमसीसीका कारण काठमाडाैँबाट लखेटिए गगन थापा, सर्लाही ४ बाट उम्मेदवार हुने !

२२ असोज, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा एमसीसीका प्रखरवक्ता स्वर्णिम वाग्लेलाई काठमाडौँ ४ मा लडाउनुपर्ने भएपछि सर्लाही ४ मा लखेटिने भएका छन । नेपाली कांग्रेसको वर्तमान कार्यसमिति र पदाधिकारीमा अल्पमतमा रहेका थापाले काठमाडौँ ४ छाड्ने निश्चति भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेपाली कांग्रेसको बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसीका प्रखरवक्ता डा स्वर्णिम वाग्लेलाई जसरी पनि सुरक्षित क्षेत्रबाट चुनाव लडाउनुपर्ने र जिताउनुपर्ने बाध्यता रहेको र त्यसका लागि काठमाडौँ ४ छाडेर सर्लाही गइदिन आग्रह गरेको दैनिकीको सम्पर्कमा रहेको कांग्रेस स्रोतले बतायो ।

स्रोतका अनुसार गगन थापा भने देउवाको भनाइमा कन्भिन्स भएका छैनन् । देउवाले सर्लाही ४ मा कांग्रेसका दुइ पक्षका नेता कार्यकर्ताको बीचमा तीव्र विवाद रहेको, एकले अर्कोलाई स्वीकार्ने अवस्था नरहेको र त्यहाँको भूगोलले पनि मागेका कारण थापालाई कठमाडौँ ४ छाड्दा सर्लाही ४ मा जान अनुरोध गरेका छन ।

थापाले यसबारेमा आफ्नो निर्णय लिएका छैनन् । वाग्लेलाई चितवन वा गोरखाबाट चुनाव लडाउने तयारी देउवाले गरे पनि अन्य कारणहरूले उनले त्यसो गर्न सकेनन् । अहिले देउवाले वाग्लेलाई जसरी पनि चुनाव लडाएर जिताउनुपर्ने दबाबमा आफू रहेको बताएका पछि कांग्रेसका अन्य नेताहरू भने तीनछक परेका छन । वाग्ले राष्ट्रिय योजनाका आयोगका पूर्व उपाध्यक्ष हुन भने तुलनात्मक रूपमा कम विवादित अर्थशास्त्री हुन ।

संसदमा एमसीसीको व्याख्यात्मक घोषणा गर्दा त्यसको छलफलमा भाग लिँदै  समाजले प्रश्न उठाएको जस्तो एमसीसीका साइडइफेक्ट देखिएका आफूलाई चारपाटना मोडेर थानकोट कटाउन आग्रह गरेका थापा त्यही एमसीसीवालाहरूको छायाँ दबाबमा काठमाडौँमा छाडेर सर्लाहीमा चुनाव लड्न जानुपर्ने परिस्थिति निर्माण हुन खोजेको छ ।

यद्यपी यो उनका लागि भने संयोगमात्र हो । काठमाडौँ क्षेत्र नम्बर ४ मा थापाको लकोप्रियता पछिल्लो समय घटेको कांग्रेसभित्रै पनि विश्लेषण हुँदै आएको थियो । कांग्रेसको केहीबेरमा सकिने बैठकले यसबारेमा आधाकारिक निर्णय गर्नेछ । थापाले काठमाडौँ ४ छाडेर सर्लाही नजाने निर्णय लिएमा उनले एउटा विज्ञप्ति निकालेर आफ्नो उम्मेदवारी नहुने बताउन सक्ने सम्भावना पनि उत्तिकै छ ।

प्रधानमन्त्री पत्नी डा आरजु राणाले भारतीय जनता पार्टीका महासचिव विजय चौथाइवालेको रोहबरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसँग आलोपालो प्रधानमन्त्रीको सहमति गरेको विषयमा सार्वजनिक भएपछि थापाले आफू अबको प्रतिनिधिसभामा कांग्रेसका तर्फबाटमा उम्मेदवार हुने घोषणा गरेका थिए भने त्यसलाई अर्का प्रवक्ता विश्वप्रकाश शर्माले समर्थन जनाएका थिए । थापा त्यसपछि कांग्रेसभित्र थप कर्नरमा पर्न थालेका थिए । डा शेखर कोइराला समूहका थापा कांग्रेसको केन्द्रीय समिति र पदाधिकारीमा झिनो मतसहित अल्पमतमा रहेका छन ।

प्रकाशित मिति : 20:18