२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

घनश्याम भुसाल जसले टिकट नपाएपछि दाेस्राे पटक एमाले परित्याग गरे

२२ असाेज, काठमाडौं । घनश्याम भुसालले दाेस्राे पटक एमाले परित्याग गरेका छन । पहिलाे पटक बामदेव गाैतमसँग लागेर एमाले छाडेका भुसालले यस पटक एमाले र राप्रपाकाे तालमेलले टिकट नपाउने भएपछि शनिबार पार्टी परित्याग गरेकाे घाेषणा गरे ।

आलोचनात्मक चेत बाेकेका भुसालले एमाले बनाउने भन्दा पनि नेतृत्वको आलाेचनामा आधा समय कटाए । सानाे समूह रहेकाे भए पनि भुसालका समर्थकहरू कट्टर रहेका छन । उनले जे सुकै कुरा उठाए पनि उनका समर्थकहरू आँखा चिम्लेर कुद्ने गरेकाे छन । पछिल्लो समय उनी एमाले भित्र एक्लाे बनेका थिए ।

जहिल्यै नीति र बिधि अनि सिद्धान्तको कुरा गर्ने भुसालले एक पटक टिकट नपाउँदैमा पार्टी परित्याग गरेपछि अरुलाई उनले गर्दै आएकाे प्रश्न उनीमाथि नै तेर्सिएकाे छ ।

प्रकाशित मिति : October 8, 2022 at 3:03 pm