टिकट नपाएपछि पत्रकार सम्मेलन गर्दै अग्नि सापकाेटाले भने: अब चुनाव लड्दिन
२२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले गठबन्धनबाट टिकट नपाएपछि चुनाव नलड्ने घाेषणा गरेका छन । मनोनयन दर्ताको अघिल्लो दिन शनिबार पत्रकार सम्मेलन गरेर सापकोटाले उम्मेदवारी नदिने घोषणाा गरेका हुन् ।
सापकोटाले २०७४ मा सिन्धुपाल्चोक १ बाट चुनाव जितेका थिए । यो पटक उनी आकांक्षी रहेपनि माओवादीले उनलाई टिकट नदिने भएपछि उनी चुनाव नलड्ने अवस्थामा पुगेका हुन् ।
प्रकाशित मिति : October 8, 2022 at 2:34 pm









