एमाले पोलिटब्यूरो सदस्य बालकृष्ण ढुंगेलको निधन
२२ असाेज, काठमाडाैं । नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ । ढुंगेल काठमाडाैं गोठाटारस्थित आफ्नै निवासको ट्वाइलेटमा चिप्लिएको त्यही निधन भएको परिवारले जनाएको छ।
ढुंगेलको घरम अहिले एमाले ओखलढुंगाका नेता कार्यकर्ता र पारिवारिक सदस्यहरू उनको निवासमा भेला भएका छन् । शव ट्वाइलेटमै रहेको प्रहरी घटनास्थलमा पुगेको छ। उनी मिर्गौला रोगबा पीडित थिए । उनी २०६४ सालमा संविधानसभामा निर्वाचित भएका थिए ।
प्रकाशित मिति : October 8, 2022 at 1:06 pm









