५२ निर्वाचन क्षेत्रमा एमाले र जसपाबीच चुनावी तालमेल, यस्तो छ बाँडफाँड (सूचीसहित)
२२ असोज, काठमाडाैँ । नेकपा एमाले र जनता समाजवादी पार्टीबीच ५२ निर्वाचन क्षेत्रमा चुनावी तालमेलमा सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफँडको सहमतिमा हस्ताक्षर गरेका छन ।
एमाले महासचिव शंकर पोखरेलले सहमतिपत्र र हस्ताक्षर साटासाटको तस्बीर सार्वजनिक गरेका छन । उनले शनिबार बिहान एमालेका अध्यक्ष ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।
प्रतिनिधिसभामा एमालेले ३५ सिटमा जसपाको सहयोग पाउने छ भने जसपालाई एमालेले १७ सिटमा सहयोग गर्नेछ । तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने भनिएको छ । सहकार्य निर्वाचनपछि पनि रहने सहमतिपत्रमा उल्लेख छ ।


प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार १२:५५












