चितवन १ मा एमालेबाट सुरेन्द्र पाण्डे उम्मेदवार, प्रदेशमा थपलिया र खनाल
-प्रदीप घिमिरे
२२ असोज, काठमाडौँ । चितवन निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेले पूर्व अर्थमन्त्री समेत रहेका पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवन १ मा एमालेबाट पाण्डेलाई उम्मेदवार बनाउन निर्णय गरेका हुन ।
एमालेले चितवन १ प्रदेशसभा ‘क’मा जगन्नाथ थपलिया र प्रदेशसभा ‘ख’मा प्रकाश खनाल शैलेसलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनाका लागि असोज २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : 10:04









